प्रधानमन्त्री ओलीको भाषणले राजपामा गयो भुइचालो, संयोजक ठाकुरको चरित्रप्रति नेताहरुको यस्तो कटाक्ष



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिवार प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलार्इ संबोधन गरेका थिए। प्रधानमन्त्री ओलीको प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा भव्य स्वागत गरिएको थियो।

 

प्रादेशिक सरकारको नेतृत्व गरिरहेको संघीय समाजवादी फोरमकातर्फबाट मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्री, राज्य मन्त्री तथा नेताहरु प्रधामन्त्री ओलीको स्वागत गरेका थिए भने राजपाका नेताहरुबीच मतभेद रहेको थियो।

 

प्रधानमन्त्रीको स्वागतको लागि राजपाका तर्फबाट मन्त्री बनेका भोतिक पुर्वाधार मन्त्री जीतेन्द्र सोनलसहित केही नेता प्रधानमन्त्रीलार्इ स्वागत गर्न विमानस्थल पुगे भने केहीले बहिष्कार गरे।

 

अहिले प्रधानमन्त्रीको संबोधनकै विषयमा राजपाभित्र विवाद देखिएको छ। राजपाका केही नेताहरुले प्रधानमन्त्रीको संबोधनको स्वागत गरेका छन् भने केही नेताहरु उक्त कार्य संविधानविपरीत भएको भन्दै जरिवाना तिराउनुपर्ने तर्क गरेका छन्।

 

प्रदेश प्रमुखबाहेक प्रदेश सभा सदस्य नभएको व्यक्तिले प्रदेश सभा सम्बोधन गर्न नपाउने भन्दै पार्टी संयोजक महन्थ ठाकुर निकटकै नेताहरुले प्रधानमन्त्रीलाई जरिवाना तिराउनुपर्ने तर्क गरेका हुन् । यो कुरा उठेपछि राजपाभित्र चरम मतभेदको अवस्था सृजना भएको छ।

 

पार्टी संयोजक ठाकुरले केन्द्रमा प्रधानमन्त्री ओलीनिकट रहने र प्रदेशमा पनि आफ्ना सदस्यमार्फत विरोध गर्न लगाउने दोहोरो चरित्र ठाकुरले देखाएको कतिपय नेताहरुको आरोप छ।

 

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...