किन रोक्यो भारतमाले नेपाल ल्याउन लागेको ३० हजार मेट्रिक टन मल यस्तो छ कारण



हाम्रो इकोनोमि

 

कृषकले यूरिया मलको चर्को अभाव भोगिरहेका बेला ३० हजार मेट्रिक टन मल भारतमा अड्किएको छ । मल खरिद तथा आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मल खरिद तथा आपूर्तिको दायित्व पूरा गर्न नसक्दा मल भारतमा रोकिएको हो ।

 

कृषि सामग्री केन्द्रले इन्डियन पोटास लिमिटेडसँग ग्लोबल टेन्डरमार्फत ३० हजार मेट्रिक टन यूरिया मल खरिद गरेको छ । तर, ढुवानीको साधन नहुँदा उक्त मल भारतको विशाखापत्तनमा  थन्किएर बसेको छ ।

 

कृषि सामग्रीले मल भारतमा अड्किएको स्वीकार्दै रेल नपाउँदा ढुवानी गर्न नसकिएको जनाएको छ । भदाै ९/१० गते मात्र रेल्वे र्‍याक मिल्ने र त्यसपछि ढुवानी गरिने उसकाे भनाइ छ । यद्यपि,  रेल्वे र्‍याककाे  टुंगो अझै लागिसकेको छैन ।

 

मल अभाव हट्न समय लाग्ने

धानखेतीको टप ड्रेसिङको समय भएकाले यतिबेला युरिया मलको अभाव सबैतिर छ । धान खेती हुने अधिकांश जिल्लाका कृषक आवश्यक मल नपाएको गुनासो गर्दै कम्पनीका जिल्लास्थित कार्यालयमा धाइरहेका छन् ।

लिमिटेडले यसरी मल खोज्दै पुग्ने कृषकलाई आगामी हप्तादेखि मल सहज हुने भन्दै आश्वस्त पारेको छ । तर मलको माग र आपूर्तिको आँकडा हेर्दा मल अभाव हट्ने उसकाे दाबी पत्याउने अवस्था छैन ।

रेलको रेल्वे र्‍याक मिलेको खण्डमा २५०० टन भैरहवा र यति नै मात्रामा वीरगञ्जमा मल आइपुग्ने बताइएको छ । बाँकी २५ हजार टन मल कहिले आउँछ भन्नेमा स्वयं लिमिटेड समेत अनविज्ञ छ । त्यसैले ५ हजार टन मल अहिलेको अभावमा कृषकलाई छोपसमेत नपुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...