आज संवैधानिक परिषद्को बैठक बस्दै, अख्तियार प्रमुख लिलामणि पौडेल र प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई बनाउने तयारी



हाम्रो इकोनोमि

 

आज आज दिउँसो ४ बजे स‌ंवैधानिक परिषदको बैठक बस्दै छ । बैठकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको नाम सिफारिस गर्ने बुझिएको छ ।

अख्तियार प्रमुख लिलामणि पौडेल र प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई बनाउने तयारी भएको स्रोतको दाबी छ ।

नेकपाको अध्यक्ष प्रचण्डले भने बमोजीम अख्तियार प्रमुखमा लिलामणि पौडेललाई बनाउने तयारी गरेको बिषेश स्रोतको दाबी छ ।

 

यसअघि कामु प्रधानन्यायाधीश रहेका दीपकराज जोशीलाई प्रधानन्यायाधीश सिफारिस गरिएको थियो तर उनको नाम संसदीय सुनुवाइ समितिले अस्वीकार गरेपछि परिषदले आज नयाँ नाम सिफारिस गर्ने भएको हो ।

 

प्रधानन्यायाधीश हुन योग्यता पुगेका सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर राणामध्ये एकको नाम सिफारिस हुने आँकलन गरिएको छ ।

 

गत साता नै बस्ने भनिएको परिषद बैठक प्रमुख विपक्षी दलको नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि बस्न सकेको थिएन । उपचारका लागि सिंगापुर गएका देउवा फर्किएपछि परिषदको बैठक बस्न लागिएको हो ।

 

बैठकले गत फागुनदेखि कार्यवहाकको भरमा चलिरहेको अख्तियारका प्रमुख आयुक्तको नाम पनि आजै सिफारिस गर्ने जनाइएको छ । प्रमुख आयुक्तका लागि हाल कार्यबाहक प्रमुख आयुक्त रहेका नवीनकुमार घिमिरे, पूर्व मुख्यसचिव लिलामणि पौडेल र वरिष्ठ अधिवक्ता युवराज संग्रौला, पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...