जिल्ला समन्वय समितिका अधिकृतमाथि छुरा प्रहार गरी हत्या प्रयास



हाम्रो इकोनोमि

 

जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको छ । गएराति आफ्नै निवासमा सुतिरहेको बेला उनी माथि छुरा प्रहार भएको हो ।

 

मन्थली नगरपालिका १ मच्छेडाँडीमा रहेको सुवेदीको निवासमा राति ९ बजेतिर मुखमा मास्क लगाएर पसेको अज्ञात व्यक्तिले छुरा प्रहार गरेको थियो । परिवारका सदस्यहरु घरका अन्य कोठामा रहेको बेलामा सो घटना भएको हो ।

 

उनलाई तत्कालै उद्धार गरी तामाकोशी सहकारी अस्पतालमा ल्याइएकोमा त्यहाँ प्राथमिक उपचारपछि धुलिखेल अस्पताल पठाइएको थियो । धुलिखेल अस्पतालमा राति नै उनको शल्यक्रिया भएको छ । अस्पतालले सुवेदीको आन्द्रा काटिएको जनाएको छ ।

 

ओछ्यानमा ढल्किएर फेसबुक चलाइरहेको बेला मुखमा माक्स लगाएर आएको व्यक्तिले छुरा रोपेको सुवेदीले बताएका छन् । माथिल्लो तलामा रहेका सुवेदीलाई छुरा प्रहार गर्ने व्यक्ति बरन्डाबाट हाम फालेर भागेको परिवारका सदस्यहरु बताउँछन् ।

छुरा घटनास्थलमा नै फेला परेको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...