पक्राउ परेर छुटेका प्रकाण्डको डायरीमा चन्दा दिने को को रँछन् , सबैभन्दा बढी दिने जेम्स स्कुल र ग्यालेक्सी स्कूल



 

 

जनताबाट निर्वाचित सरकार छ । उसले आवश्यकताअनुसार क्षेत्र निर्धारण गरेर कर संकलन र सेवाप्रवाहको कार्यक्रम ल्याउँछ, ल्याइरहेको छ । तर, त्यही स्थितिमा समानान्तर सत्ताको शैलीबाट कर संकलन गर्ने अवस्थालाई यो सरकारले कसरी संबोधन गर्ला ? अनि, राज्यलाई कर नतिर्ने वा कर छल्ने, तर सशस्त्र समूहलाई भने खुतुखुतु पैसा दिने व्यवसायीमाथि कस्तो दृष्टिकोण राख्ला ? जनयुद्धताका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा त्यस्ता चन्दादातालाई आतंककारीका मतियार हुन् भन्थे ।

 

अहिले नेकपा विप्लव समूहले त्यस्तै चन्दाको धन्दालाई तीव्रता दिएको छ । उसले चलाएको चन्दा असुलीको फेहरिस्त लामो छ । सो पार्टीका प्रवक्ता तथा आर्थिक विभाग प्रमुख प्रकाण्ड (खड्गबहादुर विक) पक्राउ परेपछि प्रहरीद्वारा बरामद डायरीमा देखियो, चन्दा संकलनका लागि कसको जिम्मा कहाँ–कहाँ रहेछ ?
उनीहरुले ८१ थरि चन्दादाताको नाम सूचीकृत गरेको फेला परेको छ । यो–यो तहसम्म केन्द्र, व्युरो र जिल्लाको नेतृत्वले हात हाल्ने भनी व्यवस्थित रुपमै सूची तयार पारिएको छ ।

 

त्यसमध्ये ‘ए क्लास’ को केन्द्रले, ‘बी क्लास’ को व्युरोले र ‘सी क्लास’ को जिल्लाले चन्दा उठाउने डायरीमा उल्लेख छ । राष्ट्रिय उद्योग र चार–पाँच तारे होटलमा केन्द्रले, बाँकी दुई र तीन तारे श्रेणीलाई व्युरोले, झिनामसिना लज र घण्टे गेष्ट हाउसबाट जिल्लाले चन्दा उठाउने भनिएको छ । अस्पतालमा सय शैंय्याभन्दा माथि केन्द्रले, ५० सम्मकोलाई व्युरोले, त्यो भन्दा तलकोलाई जिल्लाले आर्थिक सहयोगको पुर्जी काट्ने अधिकार दिइएको छ ।

 

हाइड्रोमा पनि १० मेगावाटभन्दा माथिका कम्पनीसँग केन्द्रले, ५ देखि १० मेगावाटसम्मको व्युरो र त्योभन्दा तलको कम्पनीसँग जिल्लाले पैसाको निम्ति ताकेता गर्ने कुरा पनि त्यसमा उल्लेख छ । यातायातमा सयभन्दा बढी बस सञ्चालन गर्नेसँग केन्द्रले, ५० सम्मको व्युरोले भनिएको छ । क्यासिनो, बैंक (बाणिज्य र विकास) सँग केन्द्रले पैसाको डिल गर्नेछ ।

 

फाइनान्स कम्पनीहरुमा व्युरोले, माइक्रोफाइनान्स, स्थानीय सहकारीहरुसँग जिल्लाले उठाउने भनिएको छ । इन्स्योरेन्स कम्पनी, सेक्युरिटी गार्ड सप्लायर्स, हाउजिङ, ट्रेकिङ, ट्राभल, सिमेण्ट, म्यानपावर, मेडिकल कलेज, बिगमार्ट, सपिङ मलको पनि यसरी नै वर्गीकरण गरिएको छ । कार्पेट, खाद्य, रंगरोगन, कर्पोरेट हाउस, गैरआवासीय नेपाली, गैरसरकारी संस्थासमेत गरी चन्दा उठाउन ८१ क्षेत्र तोकिएको प्रकाण्डको डायरीबाट खुलेको छ ।

यसरी विप्लवलाई हालसम्म चन्दा दिनेमा राजेश खड्काको जेम्स स्कुलले २० लाखमा डिल भएकोमा १५ दिइसकेको रहेछ । अब पाँच लाख दिन बाँकी देखियो ।

 

पूर्वसभासद् गीता राना क्षेत्रीको ग्यालेक्सी स्कुलसँग पनि २० मै डिल भएकोमध्ये १५ लाख दिइसकिएको र बाँकी पाँच लाख दिन बाँकी छ । टीएल चौधरीको नाइटिङ्गेल स्कुलले पाँचमा पाँचै लाख दिइसकेको रहेछ । हेलि एभरेष्टले १० को डिल भएमध्ये तीन लाख दिइसकेको र सात लाख दिन बाँकी देखिन्छ । पूर्वसभासद्समेत रहेका उमेश श्रेष्ठको लिट्टिल एञ्जल्सले २० लाख दिने बचन दिएर पाँच लाख बुझाई १५ लाखका लागि अहिलेसम्म झुलाइरहेको पाइयो ।

 

औषधी माफिया भनेर चिनिने विशाल पण्डितले पाँच लाख दिने भनेकोमा चार लाख बाँकी राखेर एक लाखमा टारेको हिसाबसमेत त्यसैमा छ । पोहोर मारिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद् गौचनले १० लाखको बचन दिएका रहेछन् । कांग्रेस नेता तथा निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष जिपछिरिङ लामाले १० मा १० लाखै दिइसकेका रहेछन् । प्रकाण्डको डायरीमा ‘दीपकबाट आएको’ भनी १५ लाख जनाइएको छ । ती ‘दीपक’ को हुन् ? मल्होत्रा, भट्ट, मनाङे भन्नेचाहिँ खुलेको छैन ।

 

शर्मा एण्ड कम्पनीका रमेश शर्माले १० लाख, चन्द्र ढकालको ग्लोबल आइएमई बैंकले १० लाख दिइसकेको रहेछ । अरु त अरु, नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको मुख्य प्रबद्र्धनमा स्थापित रसुवागढी हाइड्रोपावर कम्पनीले पनि विप्लवलाई १० लाख दिइसकेको डायरीमा छ । कर्मचारी सञ्चयकोषको ऋणबाट रसुवामा एक सय ११ मेगावाट विद्युत उत्पादनका लागि उक्त कम्पनी सञ्चालनमा आएको हो ।यो समाचार हामीले आजको जनआस्थाबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा