अत्याधुनिक हतियारसहित नेपाल आउँदै भारतीय प्रम मोदी



हाम्रो इकोनोमि

 

काठमाडौंमा आउँदो भदौं १४ देखि विमस्टेक सम्मेलन शुरु हुँदैछ । सम्मेलनमा भाग लिनका लागि बंगलादेश, भुटान, भारत, म्यानमार, थाइल्याण्ड श्रीलंकाका प्रधानमन्त्री वा राष्ट्र प्रमुख नेपाल आउने कार्यक्रम छ ।

 

दुई दिन चल्ने सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओचा, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति माइथरीपला सिरिसेना, म्यानमारका राष्ट्रपति विन माइन्ट नेपाल आउँदै छन् ।

सम्मेलनका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन माइन्ट र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले आफ्नै देशका सुरक्षाकर्मी र हतियारसँगै ल्याउने भएका छन् ।

 

सम्मेलनमा सहभागि हुन पूर्व उनीहरुले परराष्ट्र मन्त्रालयमार्फत आयोजक राष्ट्र नेपाललाई यस विषयमा जानकारी गराइसकेका छन् । कति जना सुरक्षाकर्मी र कुन हतियार ल्याउने भन्ने विषय उनीहरुले खुलाएका छैनन् । ‘आफूहरुसँगै ल्याउने सुरक्षाकर्मी र हतियारबारे उनीहरुले केहि दिनमा नै लिखित जानकारी दिने छन्’, गृह मन्त्रालयका एक उच्च भने, ‘विमानस्थलमा खटेका प्रहरीले हतियारका बारेमा जानकारी लिन्छन् ।’

 

हतियार कति ल्याए, सँगै लैजान्छन् कि लैजाँदैनन् यस विषयमा विमानस्थलमा खटेको विशेष प्रहरी युनिटले कडा निगरानी राने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । पहिला पहिला भारतले मात्रै सुरक्षाकर्मी र हतियार ल्याउने गर्दथ्यो । अहिले भारतको देखासिकी गरेर अन्य देशहरुका प्रमुखले पनि आफ्नै सुरक्षाकर्मी र हतियार ल्याउन लागेका छन् । अन्य देशहरुले भने आफ्नो सुरक्षाकर्मी ल्याउने छैनन् ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...