बैतडीमा विधुरलाई पनि मासिक एक हजार



हाम्रो इकोनोमि

 

वैतडीमा एक नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ ।

सामाजिक सुरक्षा भत्ता अन्तर्गत जिल्लाको मेलौली नगरपालिकाले ६० वर्षमाथिका विधुरहरुलाई मासिक एक हजारका दरले भत्ता वितरण गर्ने निर्णय गरेको हो ।

नगरपालिकाभित्र केही त्यस्ता असहाय पुरुषहरु पनि रहेकोले उनीहरुलाई जीउन सहज होस् भनी आफूहरुले भत्ता दिने निर्णय गरेको मेयर कृष्णसिंह नायकले बताए ।

उनीहरुको मासिक भत्ताका लागि नगरपालिकाबाट अहिले १५ लाख रुपैयाँ छुट्याइएको मेयर नायकले जानकारी दिए ।

अहिले नगरका ९ वटै वडाका विधुरहरुको तथ्यांक संकलनको काम सुरु गरिएको छ । ‘१५ लाख वजेट छुट्याएका छौं । अहिले तथ्यांक संकलनको काम भइरहेको छ,’ उनले भने, ‘सामाजिक सुरक्षा भत्ता वितरणकै क्रममा वितरण गर्छौ ।’

एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने सम्भवतः यो नगरपालिका नेपालकै पहिलो बनेको छ ।

यसअघि नगरपालिकाले एचआईभी संक्रमित, हेमटाइटिस, क्यान्सर जस्ता रोगका बिरामीको प्रकृति हेरेर उपचार खर्चसमेत बितरण गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...