द्वन्द्वपीडित भने : बेपत्ता नागरिक नखोज्ने आयोगको काम छैन



हाम्रो इकोनोमि

 

 

सशश्त्र द्वन्द्वपीडित तुलसीमाया नेपालले बेपत्ता पारिएका ब्यक्तिको तथ्य बाहिर ल्याउन नसके बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको औचित्य नहुने बताएकी छिन् ।

 

आयोग बनेपनि आफूजस्ता बेपत्ता नागरिकको परिवारको आँखाको आँसु अझै मेटिन नसकेको उल्लेख गर्दै नेपालले जे कामका लागि आयोग बनेको हो त्यो काम गर्न नसके यसको अर्थ नरहने बताएकी हुन् ।

 

आयोगद्वारा मगलबार चौतारामा आयोजित अन्तरक्रिया कार्यक्रममा आफ्नो पीडा सुनाउँदै नेपालले यथार्थ थाहा नहुँदा छोरा आउँछकी भन्ने आशले हरेक रात अनिदो बिताउने गरेको बताइन् ।

 

‘मुलुक शान्ति प्रकृयामा गएको यतिका वर्ष भइसक्दा पनि मेरो छोराको न स्वास छ न लाश, तपाईंहरु किन यसरी निदाएर बस्नुभएको रु’, चौतारा साँगाचोकगढी नगरपालिका कुबिन्डेकी नेपालले बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगका पदाधिकारीलाई प्रश्न गरिन्, ‘आयोग बनेपछि केही होला भन्ने सोचेका थियौं तर खै के भयो ?’

 

सशश्त्र द्वन्द्वका क्रममा अध्ययन गर्न राजधानी बसेका नेपालकी छोरा अखिललाई राज्यपक्षले नियन्त्रणमा लिई बेपत्ता बनाएको उनको दाबी छ । १५ वर्षअघि काठमाडौँमा पढ्न बसेको छोरालाई पक्राउ गरेर बेपत्ता बनाएको उनले बताइन् ।

 

‘आयोग बन्नुअघि आयोग बनेपछि समाधान हुन्छ भनेर टारे अहिले आयोग बनेपछि पनि हामीलाई कार्यक्रममा बोलाएर रुवाउने काम मात्र भएको छ’, उनले गुनासो गरिन्, ‘कहिले थाहा पाउने होला हामीले हाम्रा सन्तान कहाँ र कुन हालतमा छन् भन्ने ?’

 

छोरा भोजबहादुर २०६१ साल असारबाट बेपत्ता भएको गुनासो गर्दै भरतबहादुर भारतीले जहाँ गएपनि आफ्नो पीडाको सुनुवाई नभएको गुनासो गरे । राज्य पक्षले नियन्त्रणमा लिएर आफ्नो छोरा बेपत्ता पारेको उनको दाबी छ । छोराको फोटो देखाउँदै आयोगका पदाधिकारीसँग उनले भने, ‘अवस्था थाहा नहुँदा मरेकै भएपनि हाम्रो संस्कार अनुसारको कर्म गर्न पाएनौँ ।’

 

बाबु बेपत्ता भएका नबलपुरका मानबहादुर श्रेष्ठ आफूहरुले पीडा पोख्ने मात्र ठाउँ पाएको गुनासो गर्दै थिए । ‘पटक पटक बोलाइन्छ हामी आफ्नो पीडा पोख्छौं, तर उपलव्धी भने केही हुँदैन’, श्रेष्ठले भने, ‘हरेक पटक सदरमुकाम बोलाउँदा यस पटक केही जानकारी पाइन्छ की भन्यो सँधै उस्तै छ ।’

 

बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगका आयुक्त बिजुल बिक दुलालले सीमित साधन र स्रोतका बावजुद पनि आफूहरु छिटो समस्या समाधान गर्न लागिपरेको बताए । उनले पहिलो चरणमा पीडित र पीडितका साक्षीसँग सोधपुछ भइरहेको जानकारी दिंदै यो काम सक्ना साथ आरोपीको बयान लिने काम सुरु गर्ने जानकारी दिए ।

 

सरकारले आयोगमा आबश्यक एक तिहाइ मात्र कर्मचारी उपलव्ध गराएकाले काममा सुस्तता दिएको उनको स्पष्टोक्ति थियो । उचित साधन स्रोत उपलव्ध नगराएर आयोगको काममा सरकारले असहयोग गरेको उनले सांकेतिक रुपमा बताए ।

 

आयोगले मगलबारदेखि सिन्धुपाल्चोकबाट आयोगमा उजुरी हाल्ने बेपत्ता पारिएका नागरिकसँग सोधपुछ गर्न सुरु गरेको छ । बुधबार पनि सोधपुछ जारी रहने आयोगले जनाएको छ ।

जिल्लाका ५६ जना बेपत्ता नागरिकका आफन्तले छानवीनका लागि उजुरी दिएका छन् । बेपत्ता मध्ये २८ जनाले सरकारले उपलव्ध गराएको राहत पाएको स्थानीय शान्ति सचिव दुर्गा आचार्यले जानकारी दिइन् ।

 

मानवअधिकारवादी संस्था इन्सेकको अभिलेखमा २३ र अन्र्ताष्ट्रिय रेडक्रस सोसाइटीको अभिलेखमा सशश्त्र द्वन्द्वका क्रममा २१ जना बेपत्ता भएको अभिलेख छ ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...