अब सबै कम्पनीका ग्याँस एउटै मूल्यमा



हाम्रो इकोनोमि

 

 

अब उपभोक्ताले जुनसुकै कम्पनीको ग्याँस सिलिण्डर खरिद गरे पनि समान मुल्य तिरे हुने भएको छ । विभिन्न ब्राण्डले सिलिण्डरको फरक–फरक मूल्य लिइरहेका बेला नेपाल आयल निगमले सबै ब्राण्डको समान मूल्य कायम गर्ने तयारी गरेको हो ।

हाल सिलिण्डर खरिद गर्दा सर्वसाधारणले तिर्ने मूल्य वास्तवमा धरौटी वापतको रकम भएकाले त्यसलाई समान गर्न लागिएको निगमले जनाएको छ । सिलिण्डरका लागि तिर्ने मूल्य फरक–फरक भएका कारण उपभोक्ता समस्यामा परेको गुनासो आएकोले मूल्य एउटै बनाउन लागिएको निगमका कार्यकारी निर्देशक सुशील भट्राईले जानकारी दिएका छन् ।

 

यसको अध्ययन पूरा भएको भट्टराइले बताएका छन् । ‘निगमले तयारी पूरा गरेको छ, अब मन्त्रालयमा प्रस्ताव पठाउँदैछाँं’ उनले भने, ‘मन्त्रालयबाट स्वीकृत भइसकेपछि यसलाई लागू गर्नेतर्फ हामी लाग्छौं ।’

 

सबैको मूल्य एकै भएपछि एक भन्दा धेरै कम्पनीको ग्याँस बेच्ने पसल वा डिपोमा सिलिण्डर साट्दा ब्यापारीले अतिरिक्त शुल्क लिन नसक्ने उनको भनाइ छ । तौल समान जस्तै हुने भएकाले सिलिण्डरको धरौटी रकम फरक–फरक हुनु उचित नभएको ग्याँस विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर थापाले बताएका छन् ।

 

‘नेपालमा करिव ५५ वटा वोटलिङ प्लान्ट छन्, कतिपय सिलिण्डर नेपाल बाहिरबाट पनि आउँछ । तिनीहरुको मूल्य १ हजार ९ सयदेखि २ हजार २ सय ५० सम्म छ’, उनले भने, ‘फरक–फरक धरौटी रकम हुँदा ग्राहक र विक्रेता सबैलाई अन्यौल भएको थियो ।’

सिलिन्डरको मूल्य फलामको मूल्यमा आधारित हुन्छ’, उनले भने, ‘एउटा सिलिण्डरमा २४ सय लागत लाग्नेले १८ सयमा कसरी बेच्न सक्छ रु’ उनले भने । फलामको मूल्य घटबढ भइरहने हुँदा सिलिण्डरको मूल्य ‘अटो प्राइसिङ’ गर्न सके मात्रै उपयुक्त हुने उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...