अटल विहारी बाजपेयीको दुई झुटमा किन जोडिन्छन् इन्दिरा गान्धी र नरेन्द्र मोदी



हाम्रो इकोनोमि

 

भारतीय पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको भर्खरै निधन भएको छ । भारतीय इतिहासमा केही नेताले मात्र पाउने सम्मानका साथमा उनको बिदाइ भएको छ ।

अहिले सामाजिक सञ्जालको जमाना छ, कुनै पनि कुरा भाइरल हुन समय लाग्दैन तर बाजपेयीको पालामा कुनै सामाजिक सञ्जाल विना नै दुई झुटहरु भाइरल भएको थियो ।

 

त्यसमध्येको एक झुट उनले इन्दिरा गान्धीलाई दुर्गा भने भन्ने थियो । सन् १९७१ मा भारत र पाकिस्तानको बीचमा चलेको युद्धको क्रममा इन्दिरा गान्धी प्रधानमन्त्री थिइन् र अटल विहारी बाजपेयी विपक्षका नेता थिए । युद्धको बहसको क्रममा संसदमा अटल विहारी बाजपेयीले इन्दिरा गान्धीलाई दुर्गा भनेको समाचार बाहिरिएको थियो ।

केही समाचारपत्रहरुमा बाजपेयीले इन्दिरालाई दुर्गा भने भन्ने शीर्षकमा समाचार प्रकाशित भएका थिए । अहिले पनि उक्त समाचारको विषयमा चर्चा हुने गर्छ तर उनले एक अन्तर्वार्ताको क्रममा आफूले त्यस्तो केही पनि नभएको बताएका थिए ।

 

यहाँसम्म कि उनले इन्दिरा गान्धीको पुस्तक लेख्ने लेखकलाई पनि आफूले यो कुरा नभएको बताएका थिए । यस विषयमा थप खोजीहरु पनि भएका थिए तर त्यहाँबाट पनि केही पाइएन ।

दोस्रो झुट सन् २००२ को गोधरा काण्डको रहेको छ । यसको आरोप तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीमाथि लागेको थियो ।

 

मुख्यमन्त्रीले यो दंगा फैलिन दिएको आरोप लगाइएको थियो । यस्तोमा यसको जाँच केन्द्रीय सरकारले गरेको थियो । घटनाको जाँच गरेपछि अटल विहारी बाजपेयीको सरकारले मोदीको राजीनामा माग गरेको थियो । यद्यपि लालकृष्ण आणवाणीको आदेशमा राजीनामा रोकिएको चर्चा हुने गरेको छ ।

गुजातको उक्त दंगापछि एक पत्रकार सम्मेलन भएको थियो । जहाँ बाजपेयी र नरेन्द्र मोदी पनि सामेल थिए । उक्त सम्मेलनको क्रममा उनले गुजरातको मुख्यमन्त्रीलाई राजधर्मको पालना गर्नको लागि सुझाएका थिए ।

 

उनले सबै प्रजाहरु समान रहेको कारण कसैमा पनि भेदभाव गर्नु उचित नरहेको र मोदीले पनि यस्तो नगरेको आफूलाई लागेको बताएका थिए । यद्यपि उनले सार्वजनिक रुपमा मोदीको राजीनामा भने मागेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...