नागरिकता ऐन संशोधन गर्न सभामुख महरासँग माग



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय जागरण परिषद, नेपालले नागरिकता ऐन-२०६३ लाई राष्ट्रको सर्वोपरी हित हुनेगरी तत्काल संशोधन गर्न प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराएको छ ।

 

परिषदले सरकारले हालै संघीय संसदमा पेश गरेको ‘नेपाल नागरिक ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक २०७५’ लाई राष्ट्रको सर्वोपरी हित हुनेगरी तत्काल संशोधन गर्न बुधबार सभामुख कृष्णबहादुर महराको गम्भीर ध्यानाकर्षण गराएको हो ।

परिषदले नागरिकसम्बन्धि विद्यमान समस्या समाधानका लागि उच्चस्तरीय न्यायिक नागरिकता छानवीन आयोग गठन गर्न सरकारलाई सचेत गराउन पनि सभामुख महरासँग आग्रह गरेको छ ।

 

राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखेर नागरिकता ऐन, २०६३संशोधन गर्न सभामुख महराका ध्यानाकर्षण गराइएको वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले जानकारी दिए । उनले भूगोल, सामाजिक परिवेश, राष्ट्रिय विशेषताहरुको आधारमा नागरिकता वितरणको कामलाई अघि बढाउनुपर्ने आवश्यक्ता औल्याए ।

 

यता, सभामुख महराले पनि नागरिकसम्बन्धि ऐन संशोधनका लागि परिषदले दिएको सुझावलाई आफूले गम्भीर रुपमा लिएको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारसँग पहल गर्ने आश्वासन दिए । उनले परिषदले दिएको सुझावलाई अध्ययन गरेर प्रतिनिधिसभामा पनि आवश्यक छलफल गराउने पनि बताए ।

 

परिषदले नेपाली नागरिक महिलाले विदेशी नागरिकसँग विवाह गरी विदेशमै बसोबास गरेमा उनको नागरिकता बिवाह भएको ६ महिनापश्चात् स्वतः खारेज हुने कानुनी व्यवस्था गर्नुपर्नेलगायतका माग सरकारसँग राख्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...