सडक सुधार नगरेर चोरबाटो हिँड्दै प्रचण्ड ! , निवासमा छोरी–ज्वाइँको चुरीफुरी



हाम्रो इकोनोमि

 

उच्च जिम्मेवारीमा रहेका नेताहरूको रुचि ‘अन्य विषयहरूमा’ भएपछि आफैँ हिँड्ने बाटोसमेत कस्तो अवस्थामा पुग्दोरहेछ भन्ने उदाहरण नेकपाका सहअध्यक्ष प्रचण्डले प्रस्तुत गरेका छन् ।

 

गत वर्ष आफ्नो एक मात्र छोरा प्रकाशको रहस्यमयी मृत्यु भएपछि प्रचण्ड लाजिम्पाटको निवास छोडेर ललितपुरको खुमलटारनजिकै बसोवास गर्न पुगेका छन् । उनको घर पुग्ने करिब आठ सय मिटर सडकमध्ये व्यापक जनदबाबपछि तीन सय मिटर सडकमा केही सुधार गरिए पनि बाँकी पाँच सय मिटर सडक पूरै ‘हिले पोखरीमा रूपान्तरित’ भएको छ ।

 

अघिपछि सुरक्षाकर्मीका गाडीको लावालस्करसहित प्रचण्ड उक्त सडकमा ओहोरोदोहोरो गर्दा हिलो छचल्किएर आसपासका घरहरूसमेत हिलाम्मे र कुरूप बनेपछि स्थानीय बासिन्दाले प्रचण्डको सत्तोश्राप गरेका छन् । जनताले सडक सुधारका निम्ति पटक–पटक आग्रह गर्दा पनि जनआग्रहप्रति संवेदनशील नरहेका प्रचण्डले दिनदिनै गाली खानु या सडकको अवस्था सुधार गर्नुभन्दा चोरबाटो हिँड्नु उचित ठानेका छन् ।

 

टुटेपानीदेखि फूलबारीसम्मको करिब ५०० मिटर सडक सुधार गर्नुभन्दा उनले आफू हिँड्ने बाटो नै बदलेका छन् । सातदोबाटोबाट बज्रबाराही जाने सडक भएर जाँदा निवास पुग्न छोटो बाटो पर्ने भए पनि प्रचण्ड अचेल सातदोबाटोबाट खुमलटार चोक हुँदै धापाखेलतर्फको सडक भएर घर जान थालेको स्थानीय बासिन्दाहरूले घटना र विचारलाई जानकारी दिएका छन् ।

 

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार प्रचण्डनिवासका आगन्तुकहरूले प्रचण्डसम्म पुग्न पनि ‘चोरबाटो’ प्रयोग गर्नुपर्ने अवस्था पैदा गरिएको छ । प्रचण्डले प्रेस सहयोगीका रूपमा जुगल उर्फ विष्णु सापकाटोलाई आफूसँगै राखेका छन् भने जोखबहादुर महरालाई स्वकीय सचिवको जिम्मेवारी दिएका छन् । तर, प्रचण्डपुत्री गंगा दाहाल र उनको पतिका कारण सापकोटा र महरा ‘जोकर’ बन्न पुगेका छन् ।

 

प्रचण्डले आफूले बोक्ने टेलिफोन छोरी गंगालाई जिम्मा दिएका छन्, त्यसैले ठूला घरानाका व्यापारी तथा अनेक दृष्टिले महत्वपूर्ण मानिने व्यक्तिहरू गंगालाई सम्पर्क गरेर सोझै प्रचण्डसम्म पुग्ने गर्दछन् ।

 

महरा र सापकोटाको कामचाहिँ ‘सी ग्रेड’का आगन्तुकहरूलाई पन्छाउने र ‘ठूला मानिसहरू आएको र गएको हेर्ने’ मात्र भएको छ । छोरा प्रकाशको निधनपछि प्रचण्डनिवासमा छोरी गंगा र उनका पतिको चुरीफुरी निकै बढेको महसुस आगन्तुकहरूले गरेका छन् ।घटना र विचारबाट

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...