यस्तो हुँदैछ र नेपाल र मलेसियाबीच कामदार लैजाने सहमति
जेठ ३ गतेदेखि बन्द भएको मलेसिया रोजगारीको समस्या अब बिस्तारै समाधानतर्फ अगाडि बढेको छ ।
आइतबार मलेसियाको मानव संशाधन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत् कामदारको आपूर्तिसम्बन्धमा समझदारी गर्न एमओयुको खाका पठाएसँगै यसले तीब्रता पाएको हो ।
मलेसियाले नेपाल सरकारसँग कामदारको हकहित र सुरक्षाका सम्बन्धमा व्यापक सुधार गर्दै एमओयुको खाका नेपाल पठाएको हो ।


