गृहले थाल्यो प्रहरीमा नयाँ एआइजीको बढुवा प्रक्रिया, यी हुन् मुख्य दाबेदार !



हाम्रो इकोनोमि

 

घरह मन्त्रालय रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा प्रक्रिया अगाडी बढाउने भएको छ । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा सर्वेन्द्र खनालको नियुक्तिसँगै रिक्त एआइजी बढुवा रोकिएको थियो ।

 

प्रहरी महानिरीक्षक खनालले गृहमन्त्री रामबहादुर थापालाई एआइजी बढुवामा चासो देखाउन पटक–पटक आग्रह गर्दै आएका थिए । खनालको दवावका कारण गृहमन्त्री थापाले एआइजी बढुवा एक हप्ताभित्रै गर्ने गरेर काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको स्रोतले जनाएको छ ।

 

सरकारको पछिल्लो निर्णय अनुसार एआइजीको दरबन्दी तीन वटामात्र कायम गरिएको छ । हालका डिआइजीमध्येबाट तीन जनाको मात्र बढुवा हुनेछ ।

 

यस्ता छन् दाबेदार उम्मेदवारहरुः

प्रहरीमा देखिएको राजनैतिक हस्तक्षेपले गर्दा बढुवा प्रक्किया नै विवादित बन्दै आएको छ तर, यसपटक बने गृह मन्त्रालयले एआइजी बढुवा वरिष्ठताकै आधारमा गर्ने स्रोतले जनाएको छ । हालका डिआइजीहरू पुष्कर कार्की, मनोज न्यौपाने, धीरु बस्नेत, ठुले राई, र सुरेशविक्रम शाह वरिष्ठताका आधारमा अगाडि छन् ।

 

उनीहरू सबै १९ साउन ०७४ मा एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए । उनीहरूसँगै बढुवा भएका सर्वेन्द्र खनाल अहिले आइजिपी छन् ।

एआइजीका सबै दाबेदार अधिकृत ०४६ का ब्याची हुन् । ३० वर्षे कार्यकालका आधारमा उनीहरू सबैले २९ माघ ०७६ मा अनिवार्य अवकाश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...