फेसबुकमा प्रधानमन्त्रीको कार्टुन सेयर गर्दा पक्राउ परे वडा सचिव



हाम्रो इकोनोमि

 

सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर प्रधानमन्त्रीबारे अफबाह फैल्याएको अभियोगमा एकजना सरकारी कर्मचारी नै प्रहरीको फन्दामा परेका छन् ।

 

महानगरीय प्रहरी अपराध महाशाखाले भक्तपुरको सूर्यविनायक नगरपालिका- ३ घर भइ हाल काभ्रेको रोशी गाउँपालिका(५ का सचिव तथा नायव सुब्बा होमनाथ सिग्देललाई बबरमहलबाट पक्राउ गरी हिरासतमा लिएको हो ।

 

फेसबुकमा नक्कली आइडी बनाई लक्ष्मण पराजुलीले बनाएको कार्टुन सेयर गरेर प्रधानमन्त्रीबारे अफबाह फैल्याएको अभियोग उनीमागथि लागेको छ ।

 

त्यसैगरी प्रमबारे भ्रम पर्ने खालका कार्टुन र अन्य तस्बिरहरु सेयर गरेको तथा गालीगलौज गरेको अभियोगमा पक्राउ परेका उनलाई प्रहरीले विद्युतीय कारोवार ऐन ९साइबर क्राइम० अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।

 

‘प्रधानमन्त्रीलाई लक्षित गरी नकारात्मक सामाग्री पोस्ट गरेर फेसबुकमार्फत भ्रम फैलाएको पाइयोु, महानगरीय अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले भने, उनलाई साइबर क्राइम अन्तर्गत हिरासतमा राखेर अनुसन्धान थाल्दैछौँ ।

 

विद्युतीय कारोबार ऐन,२०६३ को दफा ४७ बमोजिम विद्युतीयस्वरुपमा गैरकानुनी कुरा प्रकाशन गरेको अभियोगमा पक्राउ परेकाले उनीमाथि एक लाखसम्म जरिवाना र पाँच वर्षसम्म जेल सजाय हुन सक्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...