नमाज वाचनमा विवाद हुँदा महोत्तरीमा झडप, १० जना घाइते, प्रहरीले २ राउण्ड हवाई गरे



हाम्रो इकोनोमि

 

नवाज वाचनका लागि मस्जिदमा भेला भएका मुस्लिम धर्मालम्बीबीच झडप हुँदा महोत्तरीमा १० जना घाइते भएका छन् ।

महोत्तरीको लोहारपट्टी गाउँपालिका–३, महदैया चोकको इदगाहा मस्जिदमा दुई पक्षबीच बिहान ८ बजे झडप हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेको अवस्था सामान्य छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीले नमाज वाचन गर्न दुई पक्षले आ–आफ्ना पण्डित अघि सारेपछि बढेको विवाद झडपमा परिणत भएको जनाएको छ ।

परिस्थिति तनावग्रस्त बनेपछि प्रहरीले २ राउण्ड हवाई फायर नै गर्नुपरेको थियो । प्रहरीले भीड तितर–वितर पारेपछि अवस्था नियन्त्रणमा आए पनि विवाद मिलिसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीले अहिले दुई पक्षलाई छलफलमा राखेर विवाद मिलाउने प्रयास भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...