देउवाले थाले महासमिति बैठकबारे छलफल र तयारी, यसकारण तयार भए देउवा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसले महासमिति बैठकको तयारी औपचारिक रूपमा अघि बढाउने भएको छ । यसका लागि पार्टी सभापति शेरबहादुर देउवाले आगामी ८ भदौमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठक डाक्न ढिलो भएको भन्दै नेतृत्वको आलोचना भइरहेका वेला विदेशबाट फर्किएलगत्तै सभापति देउवाले बैठक बोलाएका हुन् ।

 

महामन्त्री पूर्णबहादुर खड्काले ८ भदौमा बस्ने केन्द्रीय कार्यसमिति बैठकले धेरै विषय टुंग्याएर महासमिति बैठक गर्ने बाटो खोल्ने जानकारी दिए । ‘अब ८ भदौमा बस्ने केन्द्रीय कार्यसमितिले महासमिति बैठकका सबै तयारी थाल्नेछ,’ खड्काले भने, ‘राजनीतिक, आर्थिक प्रस्ताव समिति, मूल तयारी समिति, अनुशासन समिति, विधान मस्यौदा समिति अब एकैपटक टुंगो लाग्छन् ।’ नेताहरूबीच सहमति भए ८ भदौअगावै मस्यौदा समिति टुंगिन सक्ने उनले जानकारी दिए ।

 

भदौभित्रै गर्ने देउवाको तयारी
सभापति देउवाले भदौ मसान्त वा असोजको दोस्रो सातासम्ममा महासमिति बैठक गर्नेबारे छलफल थालेका छन् । त्यसअघि भने देउवाले विधान मस्यौदा समिति गठन गर्न अलमल गरेका थिए । उनी भदौ मसान्तमा सम्भव नरहेको भन्दै आगामी छठपछि महासमिति बैठक गर्ने छलफलमा थिए । त्यसको सूचना देउवाकै सचिवालयबाट चुहिएको थियो । तर, पार्टीभित्र आलोचना भएपछि उनी विधान मस्यौदा समितिलाई १५ दिनको समय दिएर भदौ मसान्तकै आसपास महासमिति बैठक गर्नेबारे छलफलमा जुटेका हुन् ।

 

किन तयार भए देउवा ?
रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षकोे विरोध, महामन्त्री शशांकको असन्तुष्टि र कोइरालाहरूले एक भएको सन्देश दिएपछि देउवाले पार्टीका प्रक्रियागत कामलाई समयमै गर्ने सोचेको हुन सक्ने केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए ।

 

तर, देउवानिकटका नेताहरूले विधान मस्यौदा समितिलाई १५ दिनको समयले नपुग्ने बताइरहेका छन् । ‘उहाँ १५ दिनमा मस्यौदा टुंग्याउन सकिन्छ भनिरहनुभएको छ,’ ती नेताले भने, ‘मस्यौदा तयार गरेपछि देशभर छलफल गर्नुपर्नेलगायत प्राविधिक काम १५ दिनमा सकिँदैन भन्ने हाम्रो कुरा छ ।’

 

पौडेल पक्ष र सिटौला पक्षले भदौ मसान्तमै महासमिति बैठक गर्न निरन्तर दबाब दिए पनि देउवाले मस्यौदा समिति गठनमै ढिलाइ गरेका थिए । भदौ मसान्तमा महासमिति बैठक गर्ने मनस्थिति नबनाएरै उनले समयमा समिति गठन गरेनन् । तर, अब पार्टीभित्रै आलोचना भएपछि केही गरेको देखाउन पनि महासमिति बैठक सकेसम्म छिटो गर्नेतर्फ छलफल थालेका हुन् । आजको नयाँपत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...