विमान खरिदमा छ अर्ब घोटला, कंसाकारले मात्र ४ अर्ब कमिसन लिएको खुलासा



 

सार्वजनिक निकाय तथा त्यसको पद धारण गरेका व्यक्तिमाथि अभियोग लागेमा त्यो जरुर राज्यको छानबिनको विषय हुन्छ । जनताले उठाएका स्वभाविक प्रश्नहरुको जवाफ खोज्ने काम राज्यका सरोकारवाला निकायहरुकै हुन्छ । तर, सरकारी स्वामित्वयको एक निकाय तथा त्यसका व्यवस्थापकहरुमाथि   लागेको अभियोगबारे छानबिन गर्न चौतर्फी आवाज उठिरहेका बेला आफ्नो बचाउमा उत्रिएका छन् ।

 

दुई वाइड बडी विमान खरिदमा छ अर्ब घोटला भएको खुलासा भएको छ । कंसाकारले मात्र ४ अर्ब कमिसन लिएको स्रोतको दाबी छ ।

 

प्रसंग राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम वाइडबडी खरिदको हो । ऋण लिएर  निगमले २१ अर्ब ९० करोड धनराशी खर्च गरेर भित्र्याएको दुई वाइड बडी विमान खरिद प्रक्रियाबारे चौतर्फी प्रश्न उठेको छ । प्रस्ताव तयार गर्दादेखि नै विधि र प्रक्रिया मिचिएका तथ्यहरु बाहिरिरहेका छन् । तर निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार भने ज्यान छाडेर विमान खरिद प्रक्रियामाथि उठेका प्रश्नहरु पर्गेल्ने प्रयासमा लागेका छन् । कंसाकारले फेसबुकमार्फत स्पष्टीकरण दिंदै छन्।

 

सरकारी निकायले आफूबारे प्रश्न उठिसकेपछि त्यसको खण्डन गर्दै मिडियाबाजी गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि उठेको छ । निगमले इमान्दारितापूर्वक ‘छानबिनका लागि सहयोग गर्न तयार छौं’ भन्दै मार्गप्रसस्त गर्नुपर्छ । तर, कंसाकार नेतृत्वको निगम व्यवस्थापन विमान खरिद प्रकरण पर्गेल्न मिडियाबाजीमा उत्रिएको छ । निगम व्यवस्थापनले २०७५ भदौ ३ गते आइतबार मात्रै विमान खरिदबारे लागेका अभियोगहरुको खण्डन गोरखापत्रमा विज्ञापन गरेरको गरेको  छ, त्यो पनि सरकारी पैसा खर्च गरेर ।

 

गोरखापत्रको दोस्रो पृष्ठमा झण्डै ४० हजार रुपैयाँ खर्चेर  निगमले विमान खरिद प्रक्रियाबारे उठेका प्रश्नहरुको खण्डन गरेको हो । सरकारी धनको दुरुपयोग गर्दै छपाएको खण्डनपत्रमा मिडियाद्वारा प्रकाशित ”समाचारलाई भ्रामक” भनेको छ ।  वाइडबडी विमान खरिद सार्वजनिक छानबिनको विषय भए पनि कंसाकारले उठेका प्रश्नलाई सुनियोजित भन्दै पर्गेल्न खोज्नुलाई तालकुदार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय र अख्तियारलगायतले कसरी हेर्ला ? सर्वत्र जिज्ञासा पलाएको छ ।

 

विमान खरिददेखि आन्तरिक व्यवस्थापनसम्मका काममा निगम  चुक्दै आइरहेको  छ । कतिसम्म भने अर्बौं रुपैयाँ खर्चेर खरिद गरिएको वाइडबडी पाइलटहरु  नभएकै कारण ग्राउन्डेड गर्नुपर्ने लज्जास्पद अवस्थाको सिर्जना  भएको छ।

एमडी  कंसाकारको दावी पढ्नुस् !!

सरकारी स्रोतको दुरुपयोग गर्दै खण्डन गरिएकोबारे जिज्ञासा राख्दा एमडी  कंसाकारले निगमको विरुध्द समचारहरु आएकाले त्यसबारे प्रष्ट पार्न सूचना जारी गरेको दावी गरेका छन् ।

 

निगमको संचालक समितिबाट १७ माघ २०७३ मा २ वटा वाइड बडी खरिदको अन्तिम निर्णय भैसकेपछि सुनियोजित र श्रृंखलावध्द रुपमा एक विरोधी ग्रुपले निराधार र झूटो हल्ला फैलाउन शुरु गर्यो । दु:ख लाग्ने कुरा के छ भने ती हल्लाहरुले व्यक्तिगत रुपमा मलाई नै टार्गेट बनाएको भएतापनि अप्रत्यक्ष रुपमा सम्पूर्ण  टेण्डर प्रकृयामा संलग्न टेण्डरको मूल्यांकन गर्ने वरिष्ठ इन्जिनियर, पाइलट र चार्टर्ड  एकाउन्टेन्ट/एम.बि.ए सम्मिलित ११ जना निगमका उच्च पदाधिकारीहरु, निगम बोर्डका अध्यक्ष नेपाल सरकारको एक सचिव, दुई सहसचिव समेत ५ जना बोर्ड मेम्बर तथा निगम बाहिरको तीन जना corporate lawyer गरी अन्य २० जनालाई समेत मुछेर हल्ला चलाइयो।

 

यी हल्लाहरुको बावजूद हामी  निगम परिवार ढुक्क छौं कि यही मोडेलको विमान योभन्दा कम मूल्यमा संसारको कुनै एयरलाइन्सले खरिद गरेको छैन र खरिद ऐन र निगम विनियमावली हुबहु पालना गरि अत्यन्त पारदर्शी ढंगले खरिद गरिएको हुँदा कहींकतै धाँधलीको कुनै गुन्जायसै छैन। विगत १८ महिनामा चलाइएका ७ वटा प्रमुख हल्लाहरु निम्न बमोजिम छन्:-

हल्ला नं.१- विमानको मूल्य एयरबस कंपनीको वेबसाइटमा उल्लेख गरेको प्रति विमान catalogue price $230 million हुँदा AAR Consortium ले कबोल गरेको $ 105 मा आउने विमान पक्कै पुरानो डेन्टिंग पेन्टिंग गरेको हुनु पर्छ।

हल्ला नं.२- MSN number फरक फरक भैरहेकोले यी २ वटा विमान कुनै हालतमा नेपाल आउँदैन र रु.८ अर्वको पहिलो किस्ता रकम खाएर अमेरिकी, जर्मनी र पोर्टुगिजको ३ वटा कंपनी भागिसक्यो र नेपाल आउने विमानहरु एक छिमेकी मुलुकमा उडिरहेको छ।

हल्ला नं.३- विमानको तौल सम्बन्धी MTOW निर्धारण गर्दा ठूलो आर्थिक चलखेल भएको छ।

हल्ला नं. ४- Consortium र निगमबीच  हुने कारोबारलाई सरलीकरण गर्न भनी  विश्वमा भएको चलन अनुसार आपसी सहमतिमा खडा गरिने SPV (Special Purpose Vehicle) वा SPC (Special Purpose Company) को रुपमा युरोपमा नयाँ दर्ता गरिएको HiFlyX घोटाला गर्न खडा गरेको कंपनी हो।

हल्ला नं. ५- विमान खरिदमा संसारभर लागू  हुने र निगम र विमान आपूर्तिकर्ता कंपनीसंग भएको संझौतापत्र बमोजिम भएको price escalation formula प्रयोग गरी करोडौं अर्वौंको घोटाला गरियो।

हल्ला नं. ६- चलखेल गर्न सीधै विमान निर्माता कंपनीसंग खरिद नगरिकन टेण्डरको नाटक गरियो र पुरानो विमान खरिद गर्ने भनि छकाएर नयाँ विमान खरिद गरियो।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा