छोटो लुगा लगाएको भन्दै गायिकालाई बग्गीखाना प्रवेशमा रोक



हाम्रो इकोनोमि

 

गायिका तथा यूट्यूवर समृद्धि राई ट्राफिक प्रहरीले लिएको लाइसेन्स लिन बग्गीखाना पुगिन् । तर, ट्राफिक प्रहरीले उनलाई गेटमै रोक्यो । कारण थियो, उनले लगाएको कपडा । वान पिस लगाएर बग्गीखाना पुगेकी उनलाई ट्राफिक प्रहरीले अर्को लुगा लगाएर आउन भन्दै फर्काइदिएका थिए ।

 

राईले आफ्नो ड्रेसअपको भिडियो फेसबुकमा पोष्ट गरेकी छन्, जसमा आपत्ति जनाउनुपर्ने केही देखिँदैन । तर, गेटमा बसेकी एक महिला प्रहरीले आगन्तुकका लागि नयाँ ड्रेस कोड आएको भन्दै उनलाई रोकेकी थिइन् । समृद्धिले अनलाइनखबरलाई घटना विवरण यसरी सुनाइन् ।

 

केही दिन अघि माइतीघरमा लेन मिचेर कारबाहीमा परेकी थिएँ । आज बिहान ११ बजे क्लास लिन बग्गिखाना पुगेँ । भोलि काठमाडौं बाहिर जानुपर्ने भएकाले मलाई आजै लाइसेन्स चाहिएको थियो ।

तर, गेटमा महिला प्रहरीले रोकेपछि म अचम्ममा परेँ । उनले यस अगाडि एक युवतीलाई छोटो लुगामा भित्र पस्न दिँदा आफूले गाली खाएको बताइन् । मैले आफ्नो लुगा छोटो र उच्छृखल नभएको तर्क गरेँ । तर, उनी सहमत भइनन् । कुर्ता सुरुवाल लगाएर आउन भनिन् ।

 

त्यसपछि मैले हाकिमसँग कुरा गराउन भनेँ । उनले दुवाल थरका अर्का पुरुष प्रहरीलाई बोलाइन् । तर, उनले पनि यस्तो लुगा लगाएर भित्र जान नमिल्ने बताए । उनले त झन् मलाई हेपेर बोले । अन्ततः म त्यहाँबाट फर्किनुको विकल्प भएन । निकै ह्यूमिलेट फिल गरेर म फर्किएँ ।

आफ्नो केही काम भ्याएर फेरि १ बजे म आएँ । यतिञ्जेलमा मैले आफूमाथि भएको अन्यायको विषयमा फेसबुकमा लेखिसकेको थिएँ । आफ्नो लुगाको पनि फोटो हालेकी थिएँ ।

 

दोस्रोपटक आउँदा मैले पहिलेकै लुगामा तल रेनकोटको ट्राउजर लगाएकी थिएँ । महिला प्रहरीले मलाई चिनिन् । त्यहाँ धेरै पुरुषहरु हाफपाइन्टमा आएका थिए । उनीहरु सरासर भित्र पसिरहेका थिए । मैले उनीहरुको भिडियो खिच्न थालेँ । तर, दुवाल थरका प्रहरीले भिडियो खिचेकोमा माथि पुर्‍याए ।

 

त्यसपछि मलाई एसपीकहाँ पुर्‍याइयो । उहाँ समझदार हुनुहुँदोरहेछ । उहाँलाई मैले आफ्नो फेसबुक पोष्ट देखाएँ । मेरो लुगा देखेर उहाँले भन्नुभयो कि यो त सामान्य छ । उहाँले गेटमा बस्ने महिला प्रहरी नयाँ भएकाले कुरा नबुझेको हुन सक्ने बताउनुभयो ।

 

अनि उहाँलाई बोलाएर सोध्नुभयो । महिला प्रहरीले पहिले एक युवतीलाई छोटो लुगामा छिराउँदा आफूले हाकिमबाट गाली खाएको बताइन् । त्यसपछि एसपी सरले यत्तिको लुगामा केही फरक पर्दैन भनेर सम्झाउनुभयो । कुनै नयाँ ड्रेस कोड नआएको उहाँले बताउनुभयो ।

 

म पूर्वपत्रकार पनि हुँ । अहिले यूट्यूबमा ट्राभल भिडियोहरु बनाउँछु । ५ वटा गीत पनि रेकर्ड गराएकी छु । अहिलेसम्म आफ्नो यसरी लुगाको विषयमा कुनै लफडामा परेको थिइनँ । कहाँ कस्तो लुगा लगाउने भन्ने विषयमा आफैं सचेत छु । उच्छृङ्खल लुगा लगाएर कहिल्यै हिँडेकी छैन ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...