छोटो लुगा लगाएको भन्दै गायिकालाई बग्गीखाना प्रवेशमा रोक



हाम्रो इकोनोमि

 

गायिका तथा यूट्यूवर समृद्धि राई ट्राफिक प्रहरीले लिएको लाइसेन्स लिन बग्गीखाना पुगिन् । तर, ट्राफिक प्रहरीले उनलाई गेटमै रोक्यो । कारण थियो, उनले लगाएको कपडा । वान पिस लगाएर बग्गीखाना पुगेकी उनलाई ट्राफिक प्रहरीले अर्को लुगा लगाएर आउन भन्दै फर्काइदिएका थिए ।

 

राईले आफ्नो ड्रेसअपको भिडियो फेसबुकमा पोष्ट गरेकी छन्, जसमा आपत्ति जनाउनुपर्ने केही देखिँदैन । तर, गेटमा बसेकी एक महिला प्रहरीले आगन्तुकका लागि नयाँ ड्रेस कोड आएको भन्दै उनलाई रोकेकी थिइन् । समृद्धिले अनलाइनखबरलाई घटना विवरण यसरी सुनाइन् ।

 

केही दिन अघि माइतीघरमा लेन मिचेर कारबाहीमा परेकी थिएँ । आज बिहान ११ बजे क्लास लिन बग्गिखाना पुगेँ । भोलि काठमाडौं बाहिर जानुपर्ने भएकाले मलाई आजै लाइसेन्स चाहिएको थियो ।

तर, गेटमा महिला प्रहरीले रोकेपछि म अचम्ममा परेँ । उनले यस अगाडि एक युवतीलाई छोटो लुगामा भित्र पस्न दिँदा आफूले गाली खाएको बताइन् । मैले आफ्नो लुगा छोटो र उच्छृखल नभएको तर्क गरेँ । तर, उनी सहमत भइनन् । कुर्ता सुरुवाल लगाएर आउन भनिन् ।

 

त्यसपछि मैले हाकिमसँग कुरा गराउन भनेँ । उनले दुवाल थरका अर्का पुरुष प्रहरीलाई बोलाइन् । तर, उनले पनि यस्तो लुगा लगाएर भित्र जान नमिल्ने बताए । उनले त झन् मलाई हेपेर बोले । अन्ततः म त्यहाँबाट फर्किनुको विकल्प भएन । निकै ह्यूमिलेट फिल गरेर म फर्किएँ ।

आफ्नो केही काम भ्याएर फेरि १ बजे म आएँ । यतिञ्जेलमा मैले आफूमाथि भएको अन्यायको विषयमा फेसबुकमा लेखिसकेको थिएँ । आफ्नो लुगाको पनि फोटो हालेकी थिएँ ।

 

दोस्रोपटक आउँदा मैले पहिलेकै लुगामा तल रेनकोटको ट्राउजर लगाएकी थिएँ । महिला प्रहरीले मलाई चिनिन् । त्यहाँ धेरै पुरुषहरु हाफपाइन्टमा आएका थिए । उनीहरु सरासर भित्र पसिरहेका थिए । मैले उनीहरुको भिडियो खिच्न थालेँ । तर, दुवाल थरका प्रहरीले भिडियो खिचेकोमा माथि पुर्‍याए ।

 

त्यसपछि मलाई एसपीकहाँ पुर्‍याइयो । उहाँ समझदार हुनुहुँदोरहेछ । उहाँलाई मैले आफ्नो फेसबुक पोष्ट देखाएँ । मेरो लुगा देखेर उहाँले भन्नुभयो कि यो त सामान्य छ । उहाँले गेटमा बस्ने महिला प्रहरी नयाँ भएकाले कुरा नबुझेको हुन सक्ने बताउनुभयो ।

 

अनि उहाँलाई बोलाएर सोध्नुभयो । महिला प्रहरीले पहिले एक युवतीलाई छोटो लुगामा छिराउँदा आफूले हाकिमबाट गाली खाएको बताइन् । त्यसपछि एसपी सरले यत्तिको लुगामा केही फरक पर्दैन भनेर सम्झाउनुभयो । कुनै नयाँ ड्रेस कोड नआएको उहाँले बताउनुभयो ।

 

म पूर्वपत्रकार पनि हुँ । अहिले यूट्यूबमा ट्राभल भिडियोहरु बनाउँछु । ५ वटा गीत पनि रेकर्ड गराएकी छु । अहिलेसम्म आफ्नो यसरी लुगाको विषयमा कुनै लफडामा परेको थिइनँ । कहाँ कस्तो लुगा लगाउने भन्ने विषयमा आफैं सचेत छु । उच्छृङ्खल लुगा लगाएर कहिल्यै हिँडेकी छैन ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...