कांग्रेसले भन्यो प्रधानमन्त्री अंगरक्षकसहित सदनमा प्रवेश गर्नु संसदीय मर्यादा विपरीत, विश्वको कुनै मुलुकमा नभएको चलन



हाम्रो इकोनोमि

 

प्रदेश नं २ को मुख्य विपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने काम विश्वको कुनै मुलुकमा नदेखिएको जनाएको छ ।

नेपाल प्रेस युनियन धनुषाद्वारा मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले सप्तरीको मलेठ घटना र राजर्षि जनक विश्वविद्यालय सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सही नभएको ठहर गरेको छ ।

 

प्रदेश नं २ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रधानमन्त्री अंगरक्षकसहित सदनमा प्रवेश गर्नु संसदीय मर्यादा विपरीत भएको जिकिर गरे।

 कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादवले प्रदेशसभामा सम्बोधन गरेर प्रधानमन्त्रीले नियन्त्रण गर्न खोजेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...