किन रोकीयो भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण, यस्तो छ भित्री कारण



हाम्रो इकोनोमि

 

विमस्टेक सम्मेलनमा भाग लिन २०७५ भदौ १३ गते काठमाडौं आउन लागेका भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले दुई रात काठमाडौंमा बिताउने भएका छन् ।   भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी २०७५ भदौ १३ गते काठमाडौं आएर भदौ १४ गते विमस्टेक  सम्मेलनको उद्घाटन समारोहमा  भाग लिएर भदौ १५ गते स्वदेश फर्किने कार्यक्रम रहेको  छ ।

भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले यो पटकको भ्रमणमा पशुपति नाथको दर्शन र बिशेष पूजा  गर्ने, एक विशेष समारोहका बीच पशुपति क्षेत्रमा भारतीय सरकारको सहगोगमा बनेको भव्य धर्मशालाको उद्घाटन गर्ने कार्यक्रम रहेको भारतीय कूटनीतिक स्रोतबाट थाहा भएको छ।

 

पशुपतिमा  भदौ १४ गते  एक विशेष समारोहका बीच पशुपति क्षेत्रमा भारतीय सरकारको सहगोगमा बनेको भव्य धर्मशालाको  उद्घाटन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा गर्ने कार्यक्रम तय भएको छ।

भारतीय सरकारको सहयोगमा पशुपतिस्थित तील  गङ्गा आँखा अस्पतालसंगै निर्माण गरिएको  सो धर्मशाला  २२ करोडको खर्चमा बनेको काठमाडौंस्थित भारतीय  राजदूतावास स्रोत बताउछ। सो धर्मशालामा बिस्तार गर्ने सहमति भएमा छिमेकी मित्र राष्ट्र भारत सरकारले अरु १२/ १५ करोड खर्च गर्ने सोच बनाएको पनि काठमाडौंस्थित भारतीय  राजदूतावास स्रोत बताउछ।

सो धर्मशालामा  तीन तहका मानिसले बास बस्ने गरी  बनाइएको थाहा भएको छ।  सुन्दर धर्मशालामा  फैमिली रुम, पर्सनल रुम र भीभीआइपी रुम समेतले प्रयॉग गर्ने,  रहन, बस्न सक्ने।  बहुपयोगी किसिमले बासको व्यवस्था धर्मशालामा गरिएको स्रोत बताउछ।  धार्मिक पर्यटकका लागि यो धर्मशालामा निकै उपयोगी हुने अपेक्षा निर्माण पक्षले गरेको छ।

भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले यस पटकको भ्रमणको क्रममा  बुध्दको जन्मथलो लुम्बिनी र पर्यटकीय नगरी पोखरा पनि भिजिट गर्ने हल्ला चलेको भएतापनि यी दुवै स्थानको भ्रमण यस पटक गर्ने  कार्यक्रम नभएको स्रोत बताउछ।

प्रतिक्रिया दिनुहोस
एमालेका कुन नेताले के जिम्मेवारी पाए ? सूचीसहित

    नेकपा (एमाले) ले वर्तमान सरकार स्वेच्छाचारी तथा अधिनायकवादी बाटोमा अघि बढेको...

तोलामा साढे २० हजार बढ्यो सुनको भाउ

    नेपाली बजारमा सुनको भाउ आजमात्र २० हजार ५ सय रूपैयाँले बढेको...

एमालेले राष्ट्रिय कार्यशाला आयोजना गर्ने

    नेकपा (एमाले)ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला आगामी जेठ...

अमेरिकी उपविदेश मन्त्री रोजर्स काठमाडौंमा

    अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स नेपाल भ्रमणमा...