अबबाट दललालाई निषेध,लेखापढी व्यवसायीलाई १५ दिनमा मालपोत छाड्न मन्त्रीको निर्देशन



 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत कार्यालयलाई दलालमुक्त गराउन सुरक्षाकर्मी परिचालन गर्ने भएको छ।

 

मालपोत कार्यालयमा सेवाग्राहीले झन्झट ब्यहोरेको गुनासो दिनदिनै आउन थालेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा्कुमारी अर्यालले मालपोत कार्यालयलाई दलालमुक्त बनाउन सुरक्षाकर्मी परिचालन गर्ने घोषणा गरेकी हुन्।

 

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्यालले मन्त्रालयअन्तर्गतका कार्यालयबाट दिने सेवाहरु छिटो र छरितो बनाउने उद्देश्यले मालपोत र नापी कार्यालयमा सुरक्षाकर्मी परिचालनको लागि गृह मन्त्रालयमा पत्राचर गरिसकिएको र सम्बन्धित जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यलयको समन्वयमा सुरक्षाकर्मी परिचालान गर्न मातहतका कार्यालयलाई निर्देशन दिएकी हुन्।

 

मन्त्री अर्यालले मालपोत कार्यालयमा हुने अनावश्यक भिडभाड हटाउन मालपोत कार्यालयको हाताभित्र बसेर लेखापढी व्यावसाय सञ्चालन गरिरहेका व्यावसायीहरुलाई १५ दिनभित्र आफ्नो व्यावसाय अन्यत्र सार्न निर्देशन दिएकी छिन्।

 

अबदेखि लेखापढी गर्ने व्यक्तिहरुले मालपोत कार्यालयमा आफ्नो नाम, ठेगाना, ईजाजतपत्र नम्बर र प्यान नम्बर उल्लेख गरी सम्बन्धित मालपोत कार्यालयमा दर्ता गराउनु पर्नेछ।

 

लेखापढी गर्ने व्यावसायीहरुले अनिवार्यरुपमा आफ्नो परिचयपत्र लगाएर मात्र कार्यलयको प्रवेश बिन्दुसम्म मात्र जान पाउनेछन्। लेखापढी गर्ने सहायक कर्मचारीहरुलाई भने कार्यालय प्रवेशमा पूर्णरुपमा रोक लगाइएको छ।

 

लेखापढी व्यावसायीले लिने शुल्क के कतिसम्म ठिक हुन्छ भनेर सम्बन्धित मालपोत कार्यालयका प्रमुखले सरोकारवालाको सहभागितामा प्रस्ताव तयार पार्नुपर्नेछ। त्यसरी तयार पारेको प्रस्ताव जिल्ला न्यायधीशको अध्यक्षतामा बस्ने जिल्ला न्याय क्षेत्र समन्वय समितिमा प्रस्तुत गरि थप छलफल गर्नुपर्ने छ।

 

त्यसरी निर्धारण भएको शुल्क सबै सेवाग्राहीले देख्ने र बुझ्ने गरी कार्यलय परिसरमा टाँस्न पनि मन्त्री अर्यालले निर्देशन दिएकी छिन्।

कार्यालयमा पेश हुने कागजातहरु फाँटअनुसार पालोमा राखी टोकन प्राणली लागु गर्न पनि उनले भनेकी छन्। अगाडि पुगेको सेवाग्राहीले अगाडि नै र पछि पुग्ने सेवाग्राहीले पछि मात्र सेवा पाउने छन्।

 

मालपोत कार्यलयमा पेश हुने कागजातको नमुना, राजस्वको दररेट, र सेवा ग्राहीलाई आवश्यक पर्ने सम्पूर्ण कुरा समेटिएका निर्देशिकाहरु मन्त्रालयको वेबसाइट र भूमि सुशासन नामक मोबाइल एपमा पनि राखिएको जानकारी सेवाग्राहीलाई दिन पनि उनले भनेकी छन्।

 

मालपोत कार्यालयमा रहने बैंक काउन्टर कार्यलय समयभर खुल्ला राख्न सम्बन्धित बैंकसँग समन्वय गरी कार्यालय समयमा बैंक काउन्टर खुल्ला राख्ने व्यवस्था गर्न पनि उनले निर्देशन दिइन्।

सेवाग्राही बाहेकका व्यक्ति कार्यलयमा प्रवेश गरे नगरेको कुरा मन्त्रालयबाटै हेर्न सकिने गरी सबै मालपोत कार्यलयमा सिसिटिभी क्यामेरा जडान गर्न पनि उनले भनेकी छन्।

 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा