पर्ख र हेरको स्थितिमा राजपा, दसैंसम्म माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी



 

 

राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न सरकार लचक भएको छ । सरकारले राजपालाई दशैंसम्ममा सम्पूर्ण माग पूरा गर्ने आश्वासन पनि दिएको छ । लामो समयपछि गत साता बालुवाटारमा सरकार र राजपाबीच संविधान संशोधनलगायतका विषयमा छलफल भएको थियो ।

 

छलफलमा प्रधामनमन्त्री ओलीले सरकार राजपाको माग पूरा गर्न लागिरहेको जानकारी गराएका थिए । प्रधानमन्त्रीसँगको छलफलपछि राजपा अहिले पर्ख र हेरको नीतिमा छ । उसले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने मनस्थितिसमेत बनाएको छ ।

 

मधेस आन्दोलनमा मारिएका नेता कार्यकतालाई सहिद घोषणा, थुनामा रहेकाको रिहा, कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका सांसद रेशम चौधरीलाई सपथ ग्रहण गराउनुपर्ने सरकारसँग राजपाको माग छ ।

 

“अहिले सबै नेताहरु सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा हुुनुहुन्न,” राजपा वरिष्ठ उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लले भने, “गतसाता प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल भएको थियो । छलफलमा उहाँले साथीहरुले होमवर्क गर्दै हुनुहुन्छ, मुद्दा फिर्ता, रेशम चौधरीको सपथ ग्रहणलगायतका कामहरु गर्दछु भन्नु भएको थियो । सरकार अहिले हाम्रो माग सम्बोधनको लागि गृहकार्य गर्दैछ ।”

 

राजपा सह–महामन्त्री डा। सुरेन्द्र झाले पनि आफूहरुकोे माग सम्बोधन गर्न वर्तमान सरकारबाहेक विकल्प नरहेको भन्दै विश्वासको मत तत्काल फिर्ता नलिने स्पष्ट पारे ।

 

“हाम्रो माग सम्बोधन गर्ने राजीनितिक हैसियत नेपाल कम्युनिष्ट पार्टीसँग मात्र छ,“ महामन्त्री झाले भने, “नेकपाको केन्द्रदेखि सातवटै प्रदेशमध्ये ६ वटामा दुई तिहाईको सरकार छ । हाम्रो माग सम्बोधन गर्ने राजनीतिक शक्ति आजको समयमा नेकपासँग छ । त्यसैले हामीले समर्थन फिर्ता लिएको छैनौं ।”

 

उनले आफहरुको माग सम्बोधन गर्न सरकारसँग निरन्तर संवाद भइरहेको जानकारी समेत दिए ।

 

”प्रधानमन्त्रीसँग निरन्तर छलफल भइरहेको छ । प्रदेश सभामा पनि प्रधानमन्त्रीजीले हाम्रो माग पूरा गर्छु, सहकार्य गर्छु भन्नु भएको छ । प्रधानमन्त्रीसँग भेटघाट हुँदा हामीले धेरै समय पर्खिँन सक्दैनौं संविधान संशोधनको बाटो अगाडि बढाउन पर्यो भन्दै आएका छौं । जवाफमा प्रधानमन्त्रीजीले पार्टीको आन्तरिक काम मिलाउन समय लागेको हो, दशैँ अगाडि संविधान संशोधन गर्छु भनिराख्नु भएको छ । अहिले हामीले सबै कुरा नियालेर बसिराखेका छौं,“ उनले भने ।

 

“दशैँसम्ममा सरकारले माग सम्बोधन नगरे मादल, डम्फु बजाएर समर्थन फिर्ता लिनैपर्दैन, हामी जनताको बीचमा जान्छौं । जनताको बीचमा गएपछि स्वतः समर्थन फिर्ता हुन्छ । त्यसपछि क्रमशः हाम्रो आन्दोलनका कार्यक्रम निरन्तर रुपमा जारी हुन्छ,” उनले भने ।

बालुवाटार स्रोतका अनुसार पटक पटकको वार्ता र संवादपछि राजपाको मागका बारेमा अध्ययन गरेर निष्कर्ष निकाल्न प्रधामन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमालको नेतृत्वमा काम भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा