भोलिबाट तरकारीको विक्री-वितरण सुचारु हुने



हाम्रो इकोनोमि

 

 

व्यवसायीले भोलिबाट तरकारीको विक्री वितरण सुचारु गर्ने भएका छन् । व्यवसायीले आन्दोलनका कार्यक्रम यथावतै राखे पनि लविक्री वितरण भने नरोक्ने निर्णय लिएका हुन् ।

 

सरकारले आफ्नो माग पुरा गर्ने प्रतिवद्धता नजनाए पनि व्यवसायीले कषकलाई पर्ने मर्कालाई ध्यानमा राखेर बिक्री वितरण सुरु गर्न लागेको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खुमप्रसाद घिमिरेले जानकारी दिए ।

 

सोमबार भएको अनुगमनपछि व्यवसायीले कालिमाटी बजारमा मंगलबार तरकारीको बिक्री वितरण ठप्प पारेका थिए । संघका अध्यक्ष घिमिरेले आन्दोलनका कारण कृषकको उत्पादन कुहिने अवस्था आउने भएकाले संवेशदनशील भएर बिक्री नरोक्ने उनले बताए ।

 

‘हामी आन्दोलनबाट पछि हटेका हैनौं । तर, कृषकलाई मर्का नपरोस् भनेर पसल खोल्ने निर्णय गरेका हौं,’ घिमिरेले भने ।

 

प्रतिक्रिया दिनुहोस
डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...

आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...