प्रदेश ३ मा नेकपाका १७ जिल्ला अध्यक्ष र सचिव सिफारिस (नामसहित)



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश एकीकरण कार्यदलहरुले जिल्ला कमिटी बाँडफाटसँगै अध्यक्ष र सचिवको नामसहित एकीकृत कमिटी सिफारिस गरेका छन् ।

 

प्रदेश ५ र ७ ले प्रदेश कमिटी अध्यक्षको नामसमेत सिफारिस गरेका छन् भने अन्य प्रदेशको अध्यक्ष टुङ्गो लाग्न बाँकी छ ।

 

प्रदेश ७ को अध्यक्षमा कर्णबहादुर थापा र सचिव लक्ष्मी जोशी सर्वसम्मत भएका छन् । थापा पूर्व एमाले र जोशी पूर्वमाओवादी हुन् । त्यस्तै प्रदेश ५ को अध्यक्षमा पूर्वएमालेबाट दलबहादुर राना मगर र पूर्व माओवादीबाट गणेशमान पुन मगर सिफारिस भएका छन् ।

 

यसैबीच प्रदेश ३ को कार्यदलले सो प्रदेश अन्तर्गतका १७ जिल्ला कमिटीको बाँडफाट र नेतृत्व सिफारिस टुंगो लगाएको छ । स्रोतका अनुसार १७ मध्य पूर्वएमालेले १२ जिल्लामा अध्यक्ष र ५ जिल्लामा सचिवसहित बहुमत सदस्य पाएको छ ।

 

पूर्वमाओवादीले ५ जिल्ला कमिटी अध्यक्ष र बाँकीमा सचिव पाएको छ । पूर्वएमालेले अध्यक्ष पाएकामध्ये काठमाडौंमा रामशरण ढुंगाना, ललितपुरमा हरिकृष्ण ब्यन्जनकार र भक्तपुरमा वचन देउजा छन् ।

 

त्यस्तै धादिङमा नेत्रराज पौडेल, रसुवामा कर्न्याल लामा, मकवानपुरमा बद्री लम्साल, सिन्धुपाल्चोकमा झम्क नेपाल र दोलखामा भीम दाहाल अध्यक्ष सिफारिस भएका छन् । एमालेले पाएको उद्यमी व्यावसायिक जिल्ला कमिटी अध्यक्षमा चित्रगुप्त साँवा र पेशागत जिल्ला कमिटी अध्यक्षमा प्रेम पराजुली सिफारिस भएका छन् ।

 

एमालेले सचिव पाएका जिल्लामध्ये रामेछापमा आनन्द श्रेष्ठ, सिन्धुलीमा सूर्य पाख्रिन, चितवनमा तेजेन्द्र खड्का, नुवाकोटमा बुद्धि प्रधान, युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा महेश बर्तौला र मजदुर जिल्ला कमिटीमा विदुर कार्की सिफारिस भएका छन् ।

 

त्यस्तै माओवादीले अध्यक्ष पाएका जिल्ला कमिटीमध्ये रामेछापमा बुद्धिमान तामाङ, सिन्धुलीमा रामकुमार पौडेल, काभ्रेमा सूर्यमान दोङ, नुवाकोटमा पुष्प लामिछाने, चितवनमा यमबहादुर परियार ९टुंगिन बाँकी०, युवा विद्यार्थी विशेषमा रमेश मल्ल र मजदुर जिल्ला कमिटी अध्यक्षमा गणेश रेग्मी सिफारिस भएका छन् ।

 

माओवादीले सचिव पाएका जिल्लामध्ये ललितपुरमा शिव कट्टेल, रसुवामा माधव लामिछाने, धादिङमा दलबहादुर बुर्लाकोटी, दोलखामा कुलबहादुर बुढाथोकी, सिन्धुपाल्चोकमा गोविन्द पराजुली, मकवानपुरमा विष्णु विष्ट, पेशागतमा कृष्ण केसी सिफारिस भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...