राष्ट्र बैंकले भन्यो स् आर्थिक वृद्धिदर ८ प्रतिशत तल झर्दैन



 

 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५र७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा शङ्का नगर्न आग्रह गरेको छ।

 

प्रतिनिधिसभा, आर्थिक समितिको आजको बैठकमा बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पछिल्ला दुई वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रमा भएको आर्थिक वृद्धिदरको विश्लेषणपछि गरिएको ८ प्रतिशत कायम हुने पर्याप्त आधार भएको बताए ।

 

सरकारको ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुर्‍याउने, लगानीयोग्य साधन अभिवृद्धि गर्ने र दीर्घकालीन प्रकृतिका ब्याजदरमा कमी ल्याउने मौद्रिक नीति अघि सारेर बैंकले काम गरिरहेको उहाँले जानकारी दिए ।

 

बैंक तथा वित्तीय संस्थाको निक्षेप रु दुई हजार ७४२ अर्ब पुगेको तथा यो कुल गार्हस्थ्य उत्पादनको ९१।२ प्रतिशत भएको बैंकले जनाएको छ ।

 

बैंक तथा वित्तीय क्षेत्र संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा २२।५ प्रतिशतले वृद्धि भई दुई हजार ४०० अर्ब पुगेको र यो कूल गार्हस्थ्य उत्पादनको ७९।८ रहेको जनाइएको छ ।

 

आव २०७४र७५ मा कूल वस्तु आयात २५।५ प्रतिशतले बढेर एक हजार २४२ अर्ब ८३ करोड पुग्नाका साथै निर्यात भने रु ८१ अर्ब १९ करोड बराबरको भएको तथ्याङ्क प्रस्तुत गरिएको छ ।

 

आव २०७४र७५ मा विस्तृत मुद्राप्रदाय १९।४ प्रतिशतले बढेको जानकारी दिँदै बैंकले अघिल्लो वर्ष उक्त मुद्राप्रदाय १५।५ प्रतिशतले बढेको तथ्याङ्क प्रस्तुत गरेको थियो ।

 

कूल वस्तु व्यापारमा अहिले वार्षिक बजेट घाटा एक हजार १६१ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ भने विप्रेषणको अवस्था वार्षिक रुपमा ७५५ अर्ब छ करोड रुपैयाँ रहेको छ ।

 

अघिल्लो वर्ष ८२ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको समग्र शोधानान्तरण स्थिति समीक्षा वर्षमा ९६ करोडले मात्र बचत रहेको पनि डा नेपालले जानकारी दिए ।

 

बैंकिङ क्षेत्रसँग कूल विदेशी विनिमय सञ्चिति एक हजार १०२ अर्ब ५९ करोड रुपैयाँ छ । कूल विदेशी विनिमय सञ्चिति १०।८ महिनाको वस्तु आयात र ९।४ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने बैंकले अनुमान गरेको छ ।

 

गत असार मसान्तसम्म २८ वाणिज्य बैंकमध्ये २५ र ३३ विकास बैंकमध्ये २१ तथा २५ वित्त कम्पनीमध्ये ११ वटाले तोकिएको चुक्ता पूँजी पुर्‍याएको समितिलाई जानकारी दिइएको छ ।

 

समस्याग्रस्त घोषणा भएका १६ मध्ये दुई संस्था खारेजीमा गएको तथा नौ संस्था रिजोलुसनपछि सञ्चालनमा आएको बताइएको छ ।

 

ढुकुटीमा एक खर्ब ३८ अर्ब

बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल असार मसान्तसम्ममा छ हजार ६५१ पुगेको तथा ७५३ मध्ये हालसम्म ६३७ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति रहेको छ ।

 

मुलुकको ढुकुटीमा अहिले नगद मौज्दात १३८ अर्ब रहेको छ भने २८ अर्ब बराबरको सुनचाँदी छ । समग्रमा एक नेपालीले १०० कमाउँदा आठ मात्र बचत गर्ने तथा बाँकी रकम उपभोग र विलासिताका वस्तुमा खर्च गर्ने प्रवृत्ति देखिएको छ ।

 

भावी कार्ययोजना

राष्ट्र बैँकले राष्ट्रिय बैंकको शाखा पुर्‍याउन बाँकी स्थानीय तहमा शाखा विस्तार गर्ने, प्रणालीगत रुपमा महत्वपूर्ण रहेका बैंकको पहिचान, नियमन र सुपरीवेक्षणका लागि विशेष संरचना निर्माण गर्ने तथा कर्जामा लिइने र निक्षेपमा दिइने ब्याजदरको अन्तर आगामी तीन वर्षभित्र ४।४ प्रतिशतमा ल्याइने भावी कार्ययोजना अघि सारेको छ ।

 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा