देउवा नफर्किंदा रामचन्द्रलाई तनाब, अब के गर्छन् ?
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारको लागि सिंगापुर गएको एक साताभन्दा बढि भैसकेको छ । उनी स्वदेश फर्किन ढिला हुँदा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेललाई भने तनाब भएको स्रोतको दाबी छ ।
देउवा उपचारको लागि पत्नीसहित सिंगापुर गएका थिए । तर, उनी यतिवेला सिंगापुरबाट सुटुक्क नयाँ दिल्ली आईसकेका छन् ।
सभापति देउवा स्वदेश फर्किन ढिलाई भैरहँदा नेता पौडेललाई भने ठूलो तनाब भएको छ । पार्टीको महासमिति बैठक यही भदौभित्रै बोलाउनुपर्ने नेता पौडेल पक्षको अडान छ ।


