प्रधानमन्त्रीको घोषणा सिलिन्डर बिदाइ कार्यक्रम सुरु भयो



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले एलीपीजी ग्यास सिलिन्डर विदाइ कार्यक्रम सुरु भएको बताएका छन् । विराटनगर महानगरपालिका(१४ स्थित श्रीकृष्ण गौशालामा गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

 

‘मैले पाइपबाट ग्यास घर घरमा पुर्‍याउँछौँ भन्दा पत्याएनन्, यहाँ पाइपबाट ग्यास कसरी पुग्छ रु हामी आफैँले चुल्हो चलाएर हेर्‍यौँ’, प्रम ओलीले भने, ‘अहिले सानो संख्यामा सुरु भए पनि ठुलो संख्यामा पनि यसलाई विस्तार गर्न सकिन्छ ।’

 

प्रधानमन्त्री ओलीले वायोग्यास उद्घाटनमा बोल्दै अब सिलिन्डर बिदाइ कार्यक्रम सुरु भएको बताए । ‘अब विस्तारै सिलिन्डर विदाइ कार्यक्रम सुरु भएको छ । अब काँधमा सिलिन्डर बोकेर हिँड्नै पर्दैन’, ओलीले भने, ‘वायो ऊर्जालाई गाउँ गाउँमा सहकारी, साझा लगानी र समुदायको पहलमा पनि विकास गर्न सकिन्छ ।

 

प्रम ओलीले निजी क्षेत्रतर्फ लक्षित गर्दै रोजगारी वृद्धिको पहल गर्न आग्रह गरे । ‘निजी क्षेत्रले उत्पादन, रोजगारी, आत्मनिर्भरता र निर्यातजन्य उत्पादनमा पहल लिएर लगानी गर्ने हो भने आयात प्रतिस्थापन गरेर व्यापार घाटा घटाउन सकिन्छ’, ओलीले सम्बोधनका क्रममा भने ।

 

प्रम ओलीले ठुला जलविद्युत् आयोजनाहरु धमाधम बनिरहेकाले ग्यास सिलिन्डर विदाइको अवस्था नजिक आएको बताए । ‘ठुला विद्युत् आयोजना क्रमशः बनिरहेका छन् । त्यसको ऊर्जाको प्रयोग पनि बढ्नेछ’, ओलीले भने, ‘यो यात्रा अहिले सानो देखिए पनि यसको ठुलो महत्व छ, यो सुरक्षित पनि छ ।’

 

प्रम ओलीले सौर्य ऊर्जा पनि क्रमशः सस्तो हुँदै गएकालले ग्यासको विकल्पमा त्यसलाई पनि विस्तारै बढाउँदै लैजान सकिनेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...