प्रधानमन्त्रीलाई गगनले गरे यस्तो आग्रह : प्रदेश सभा डुलेर उपदेश दिन छाड्नुस्, काम गर्नुस्



 

 

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा डुलेर उपदेश दिन छाडेर आफूले गर्नुपर्ने काम गर्न आग्रह गरेका छन् ।

 

मंगलबार संसद बैठकमा उनले गर्नुपर्ने काम नगरी प्रदेशसभा डुलेर भाषण दिने र अन्तर्वार्तामा रोइलो गर्न छाड्न आग्रह गरे । ‘म प्रधानमन्त्रीलाई आग्रह गर्छु, प्रदेशसभा प्रदेशसभा डुलेर उपदेश दिन छाड्नुस् । अन्तर्वार्तामा रमाइलो र रोइलो पनि छाड्नुस् । गर्नु पर्ने काम गर्नुस्’ थापाले भने ‘यति मात्र बुझिदिए पुग्छ । संघीयता असफल, प्रधानमन्त्री सफल बन्नुहुन्न । संघीयताको असफलता प्रधानमन्त्रीको पनि असफलता हुन्छ ।’

 

प्रधानमन्त्रीको व्यवहारले उनी संघीयता विरोधी देखिएको आरोपसमेत थापाले लगाए । झापाका कम्युनिस्ट नेता खड्गप्रसाद ओलीलाई संघीयताको विरोध गर्ने छुट भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यस्तो छुट नभएको भन्दै अहिले प्रधानमन्त्रीकै कारण संघीयतामाथि नै प्रश्न उठ्ने अवस्था आएको थापाले जिकिर गरे ।

 

संविधानले परिकल्पना गरेको प्राकृतिक स्रोत र वित्त आयोग अहिलेसम्म नबन्नु यसको उदाहरण भएको थापाले बनाए । आयोगलाई राजनीतिक नेतृत्व नदिई कर विवाद समाधान गर्न कर्मचारीहरुको समिति बनाउनु दुखद भएको उनले बताए । उनले भने, ‘के प्रधानमन्त्रीलाई यो आयोगको महत्व थाहा छ ?’

 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बने पनि नियमावली नभएको भन्दै उनले नियमावली नहुँदा करमा समस्या देखिएको बताए । ऐन नियमावली बनाउने जिम्मा दिएका मन्त्री कर्मचारीलाई र सचिव सांसदलाई उपदेश दिएर बसेको भन्दै थापाले भने, ‘प्रधानमन्त्रीले एक पटक बोलाएर नियमावली खोई भनेर सोध्नुभएको छ ?

 

धेरै कर उठाउने र बाँड्नेलाई सफल अर्थमन्त्री मान्ने मानक केन्द्र सरकारले बनाएको भन्दै उनले अब स्थानीय सरकारले के गर्छ भनेर प्रश्न गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा