निर्मला बलात्कार र हत्या प्रकरण स् सक्कली दोषी खोज्न माग गर्दै बजार बन्द, प्रशासन घेराउ



हाम्रो इकोनोमि

 

भीमदत्तनगरपालीका २ की १३ बर्षिया निर्मला पन्तको हत्यामा संलग्नलाई प्रहरीले सार्वजिनक गरेपछि महेन्द्रनगर बजार तनावग्रस्त भएको छ।

 

प्रहरीले प्रदर्शनकारीमाथ तीन सेल अश्रुग्यास प्रहार गरेको छ। दुई जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो। उनी साथीकोमा पढ्न गएकी थिइन्।

 

सोही अवस्थामा उनलाई बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएको हो। उक्त घटनामा संलग्न भनेर मानसिक सन्तुलन बिग्रेको व्यक्तिलाई हत्यारा घोषित गरेर प्रहरीले अनुसन्धान बाट पन्छिन खोजेको भन्दै स्थानीय बासिन्दा आक्रोसित भएका छन।

 

प्रहरीले बालिकाको हत्यामा संलग्न भएको आरोपमा सोमबार साँझ भीमदत्तनगरपालीका २ उल्टाखाम खन्ना चौराहका ४१ बर्षीय दीलिपसिंह बिष्टलाई सार्वजनिक गरेको थियो। स्थानीय बासिन्दाले सक्कली हत्यारको खोजी गर्न माग गर्दै महेन्द्रनगर बजार बन्द गरेका छन।

 

जिल्ला सदरमुकाम महेन्द्रनगरबाट सञ्चालन हुने लामो र छोटो दुरीका सवारी साधन ठप्प पारेका छन। आक्रोसित स्थानीय बासिन्दाले सरकारी कार्यालय समेत बन्द गराउँदै हिडेका छन। प्रहरी विरुद्ध स्थानीय बासिन्दाले चर्का नारा लगाउँदै बजार क्षेत्रमा प्रर्दशन गरिरहेका छन्।

 

सम्भावित घटना रोक्नका लागि ठाउँ ठाउँमा प्रहरी र सशस्त्र प्रहरीलाई खटाइएको छ। जिल्ला प्रशान कार्यालय घेराउ सक्कली हत्याका आरोपीको खोजी गरी कारबाही गर्न माग गर्दै स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर घेराउ गरेका छन्।

चर्को नाराबाजी गर्दै सयौंको संख्यामा रहेका स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन। मानसिक रोगीलाई हत्याको दोषी देखाई प्रहरीले पन्छिन खोजेको आरोप स्थानीय बासिन्दाले लगाएका छन।

 

तीन दिन देखि रिले अनशन १३ बर्षीया बालिका पन्तको हत्या भएको चार साता बित्नै लाग्दा पनि हत्यारा पक्राउ नपरेको भन्दै महिला अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि जिल्ला प्रशासन कार्यालय अगाडी तीन दिन देखि रिले अनशनमा बसेका छन।

महिला अधिकारकर्मी मिना भण्डारीको नेतृत्वमा रिले अनशन शुरु गरिएको हो। रिले अनशनमा ८० बर्षीय जेष्ठनागरिकको समेत सहभागीता रहेको छ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...