प्रधानमन्त्रीलाई बोलाएर मुख्यमन्त्रीले राम्रो गरेनन्ः मनिष सुमन



हाम्रो इकोनोमि

 

 

 

प्रधानमन्त्री केपी शर्मा ओली गत शनिबार प्रदेश २ को संसदलाई सम्बोधन गर्न आउँदा राजपाका चार जना प्रदेश सांसदले सम्बोधन बहिष्कार गरे । राजपाका महासचिव समेत रहेका सांसद मनिष सुमन, उपेन्द्र महतो, बिक्की यादव र गौरीनारायण साहले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गरे ।

 

प्रधानमन्त्रीले मधेश आन्दोलनको समयमा दिएको अभिव्यक्तिलाई लिएर माफी नमागेकको, झुठा मुद्दा लगाइएकाहरुको मुद्दा फिर्ता नलिएको, संविधान संशोधन नगरेकाले बहिष्कार गरेको उनीहरुले बताएका छन् । तर बहिष्कार गर्नेमध्येका एक जनाले प्रधानमन्त्रीलाई संसदमा बोलाएर मुख्यमन्त्रीले राम्रो काम नगरेको टिप्पणी गरेका छन् ।

राजपा महासचिव मनिष सुमन प्रधानमन्त्रीलाई संसदमा बोलाएर प्रदेशका मुख्यमन्त्री लालबहादुर राउतले राम्रो नगरेको बताएका छन् ।

 

सुमनको भनाइलाई मान्ने हो भने मुख्यमन्त्री काठमाडौं पुगेर प्रधानमन्त्रीलाई आग्रह गरी बोलाएका हुन् । ‘मुख्यमन्त्री राउत काठमाडौं पुगेरै प्रधानमन्त्रीसँग भेटनुभयो र प्रदेशमा आएर सम्बोधन गर्न आग्रह गरेपछि प्रधानमन्त्री आउनुभयो’ उनले भने ।

 

‘मधेश विरोधी प्रधानमन्त्रीलाई बोलाउने आवश्यक थिएन’ उनले भने, ‘आफ्नो ५० बर्षभन्दा बढी राजनीतिकालमा ओलीज्यूले मधेशमैत्री कुनै काम गर्नुभएको छ रु यस्तो व्यक्तिलाई बोलाएर सम्मान गर्नुको कुनै तुक थिएन ।’

 

‘मधेशमा आन्दोलन भइरहँदा ओलीज्यूको बेली पनि अमर्यादित भएको कसैसँग लुकेको छैन । आफ्नो बोलीप्रति क्षमा नमाग्ने व्यक्तिलाई मान सम्मान दिइनु ठीक होइन ।’

 

सुमनले प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनको सन्दर्भमा राजपाको प्रदेश २ को संसदीय दलका नेता जितेन्द्र सोनलको भूमिका नराम्रो देखिएको समेत बताए ।

 

सरकारलाई समर्थन औचित्यहीन

 

राजपा महासचिव सुमनले केपी ओली नेतृत्वको सरकारलाई दिइएको समर्थनको कुनै औचित्य नभएको बताएका छन् ।

 

सरकार बनेको ६ महिना बनिसक्दा समेत संविधान संशोधन गर्नेतर्फ कुनै किसिमको चासो नलिएको, मुद्दा फिर्ता नलिएकाले समर्थन औचित्यहिन बनेको बताए । ‘दिइएको समर्थनको आवश्यक्ता छ कि छैन । त्यसबारे छलफल हुनु जरुरी छ’ उनले भने, ‘आवश्यक्ता नरहेकाले चाँडै समर्थन फिर्ता लिई मुद्दाका लागि अगाडि बढ्नु जरुरी छ ।’

 

उनले समर्थन फिर्ता लिई पार्टीले सडक र सदनमार्फत मुद्दा सम्बोधन गराउन अगाडि बढनु जरुरी रहेको बताए । यसैगरी, प्रदेश २ को प्रदेशसभामा शनिबार प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको विरोध गर्दै राजपाकै संसदीय दलका नेता तथा मन्त्री जितेन्ऽ सोनलको कडारुपमा आलोचना गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
लिपुलेकबारे सरकारले लिएको अडान ठिक छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले लिपुलेक सीमा विवादमा सरकारले लिएको अडानलाई...

लिपुलेक हाम्रो भूमि हो : हर्क साम्पाङ

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले लिपुलेक क्षेत्र नेपालको भूभाग भएको दाबी...

सरकारले सुकुम्वासी बस्तीमा डोजर आतङ्क मच्चायो : सूर्य थापा

    नेकपा (एमाले)का नेता सूर्य थापाले सुकुम्वासी व्यवस्थापनका नाममा भइरहेको सरकारी कदमप्रति...

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

  नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने...