एचआइभी संक्रमितलाई उपचार खर्च



हाम्रो इकोनोमि

मिक्लाजुङ गाउँपालिकाले एचआइभी संक्रमितलाई उपचार खर्च उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले सिफारिश गरी एआरटी औषधि खाँदै गरेका संक्रमितलाई वार्षिक रु १० हजार उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ । सोमबर बसेको गाउँपालिकाको २८औँ कार्यपालिका बैठकले सो निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष नगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

गाउँपालिकाको स्वास्थ्य शाखामा हाल १२ एचआइभी संक्रमित सम्पर्कमा आएका छन् । संक्रमितलाई उपचार खर्च उपलब्ध गराइने स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोखरेलले बताउनुभयो । गाउँपालिकाले गरेको कामबारे प्रत्येक वडामा सार्वजनिक सुनवाइ कार्यक्रम गर्ने तथा बाढीपहिरोको जोखिम भएको ठाउँमा तटबन्ध निर्माण गर्न रु २० लाखको तारजाली उपलब्ध गराउने निर्णय गरेको छ । विकास निर्माणका काममा र आपतकालीन अवस्थामा प्रयोग गर्न एक थान जेसिबीसमेत खरिद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...