को हुन् निर्मला पन्तको हत्यारा विष्ट ?, विष्टको बयान : पक्राउ पर्ने डरले मारिदिए



 

‘पाप धुरी कराउँछ’ भन्ने उखान जस्तै कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्याका अभियुक्त २४ दिनपछि पक्राउ परेका छन् ।

 

निर्मलाको हत्यापछि संसदमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्नेसम्मका वहस सिर्जना गराएको यस घटनाका अभियुक्त ४१ वर्षीय दिलिपसिंह विष्टलाई केन्द्रिय अनुसन्धान व्यूरो (सिआइवी) र कञ्चनपुर प्रहरीले अन्ततः पक्राउ गरेरै छाड्यो । महिलाअधिकारकर्मी, अभिभावक र सरकारको समेत दवावमा रहेको सिआइवी र कञ्चनपुर प्रहरीका लागि पनि विष्टको पक्राउ सुरक्षा सफलता बनेको छ ।

 

निर्मलाको हत्यारालाई पत्ता लगाई कार्वाही गर्नुपर्ने भन्दै जिनहुँजसो धर्ना र विरोधका कार्यक्रम हुँदै आएका थिए । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की निर्मला १८ वडामा रहेको साथी रोश्नी बमको घरमा गएकी थिइन् । साथीको घरमा गएकी निर्मला अर्को दिन उखुबारीमा मृत फेला परेकी थिइन् । पन्तको हत्या गर्ने विष्टलाई प्रहरीले भीमदत्त नगरपालिका–१९ बाँगफाटबाट पक्राउ परेको हो ।

 

विष्टको बयान : पक्राउ पर्ने डरले मारिदिए
गएको साउन ११ गते हत्यापछि फालिएको अवस्थामा फेला परेकी कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको पक्राउ परेका विष्टलाई म्याद थप गर्न कञ्चनपुर जिल्ला अदालतमा लगिएको प्रहरीले जनाएको छ ।

 

विष्टले प्रहरीको बयानमा क्रममा आफूले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । ‘१० गते बाटोमा हिंडिरहेका बेला निर्मलाको साइकलको चेन खराब भएको थियो । चेन खराब भएपछि मैले मिलाई दिएँ । बाटोमा कोही नभएको देखेपछि उखुबारीमा लगेर बलात्कार गरें’, विष्टले भने । उनले आफ्नो कर्तुतबारे प्रहरीलाई थप सुनाए, ‘बलात्कार गर्दा योनीबाट रगत बगेपछि पक्राउ पर्ने डरले मैले हत्या गरेको हुँ ।’

 

पन्तको हत्याअघि आफन्तकै हत्या

निर्मला पन्तको बलात्कारपछि हत्या गरेका विष्ट यसअघि पनि आफन्तकै हत्या अभियोगमा २०६५ मा जेल परेका थिए । विष्टलाई प्रहरीले दुई दिनअघि नै पक्राउ गरेको भए पनि सार्वजनिक नगरी अनुसन्धान गरेको थियो । उनी भिनाजु हत्याको अभियोगमा ९ वर्ष जेल बसेर अघिल्लो वर्ष मात्र छुटेका थिए । उनी यसअघि पनि आपराधिक पृष्ठभूमिको देखिएको प्रहरीले जनाएको छ ।

 

जेलबाट छुटेर होटलमा काम
अघिल्लो वर्ष भिनाजुको हत्याको सजाय काटेर छुटेका विष्ट होटलमा भाँडा माझ्ने, मजदुरी गर्नेलगायत काम गर्दै आएका थिए ।  अविवाहित विष्टले यसअघि निर्मलालाई नचिनेको बयानमा बताएको प्रहरीले जनाएको छ । यस घटनाको अनुसन्धान गरिरहेको टोलीले पक्राउ परेका विष्टसँग थप बयान लिने काम भइरहेकाले थप रहस्य बाहिर आउन सक्ने बताएको छ ।

 

अघिल्लो वर्ष आफन्तकै हत्याको सजाय काटेर छुटेका विष्ट होटलमा भाँडा माझ्ने, मजदुरी गर्नेलगायत काम गर्दै आएका थिए । अविवाहित विष्टले यसअघि निर्मलालाई नचिनेको बयानमा बताएको प्रहरीले जनाएको छ । यस घटनाको अनुसन्धान गरिरहेको टोलीले पक्राउ परेका विष्टसँग थप बयान लिने काम भइरहेकाले थप रहस्य बाहिर आउन सक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा