देउवाविरुद्ध महागठबन्धनको तयारीमा कोइराला परिवार, पौडेल संकटमा



हाम्रो इकोनोमि

 

 

कोइराला परिवारबारे मान्छेहरूले अनेक अड्कलबाजी गरिरहेका छन् । हामीबीच समझदारी छैन भन्ने प्रश्न उठाउँदै आइरहेका छन् । यो निरर्थक र निराधार कुरा हो । नेतृत्वको विषयमा हामीबीच समझदारी बनेको छ । हामी उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौँ । नेतृत्वका लागि तीनमध्ये एक अघि बढ्छौँ ।”

 

पछिल्ला केही महिनायता शशांक, शेखर र सुजाता निरन्तर भेटघाटमा छन् । उनीहरूले सँगै खाना खान भन्दै जुटेर आपसी विश्वास बढाउँदै १४औँ महाधिवेशनको तयारी अघि बढाएका छन् । अझ यो गठबन्धनमा सम्भव भएसम्म सबैलाई समेट्ने र देउवालाई एक्ल्याउने उनीहरूको नीति छ ।

 

देउवालाई चुनौती, पौडेललाई संकट

कांग्रेसका भ्रातृ संगठनका सबैजसो पछिल्लो अधिवेशनले देउवालाई हतोत्साही बनाएको छ । शिक्षक संघ, ट्रेड युनियन, कानुन व्यवसायीहरूको संस्थाको निर्वाचनमा देउवा पक्षले पराजय भोगेको छ । निर्वाचनमा पराजयको अपजस सबैभन्दा बढी देउवालाई नै छ । तर, आत्मसमीक्षा र कार्यक्रम केही छैनन् । त्यसैले देउवापक्ष स्वतः कमजोर हुँदै छ । त्यसमा पनि प्रकाशमानदेखि सिटौलासम्म र केबी गुरुङदेखि गच्छदारसम्मलाई कोइराला परिवारले समेट्न सके सामना गर्न देउवालाई महाभारत हुनेछ ।

 

कोइराला परिवारको नयाँ पहलले सबैभन्दा ठूलो चोट रामचन्द्र पौडेललाई पर्दै छ । कोइराला परिवारकै राजनीतिक विरासतलाई सदुपयोग गरेर पार्टी र सरकारको नेतृत्वमा पुग्ने उनको योजना अहिलेसम्म सफल भएको छैन । कोइराला परिवारले बीचबाटोमै साथ छोडेमा पौडेलको यात्रा संकटमा पर्नेछ । उनीप्रति कार्यकर्ताको सद्भाव छ, तर संगठनमा हस्तक्षेप गर्ने प्रभाव छैन । कोइरालाहरूले साँच्चै साथ छाडेमा नेतृत्वका लागि देउवासँग सम्झौता गर्नुको विकल्प उनीसँग छैन । देउवाकै अस्तित्वका लागि यो स्थिति आउन सक्छ ।

 

अहिले नै नेतृत्वको विषयमा बोल्ने वेला भएको छैन : पौडेल

शशांक कोइरालाको नयाँ घोषणापछि नयाँ पत्रिकालाई संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘उहाँ (कोइराला)हरूले पार्टी नेतृत्वका विषयमा बोल्नुभएको विषयलाई मैले ‘सिरियस्ली’ लिएको छैन । तर, अहिले नै नेतृत्वको विषयमा बोल्ने वेला भएको छैन ।

 

पार्टीको चिन्ता लिन सकिन्छ, तर अहिले त हाम्रो पार्टीको स्थितिलाई सुधार्नुपर्ने चुनौती छ । पार्टीलाई सुधार्न छोडेर सबैले मै मै भन्यो भने पार्टी मजबुत हुँदैन । आफू हुनेबित्तिकै पार्टी राम्रो हुन्छ भन्ने ग्यारेन्टी हुनुप¥यो अन्यथा अहिले पार्टीको स्थितिलाई सुधार्नतिर लाग्नुपर्छ ।’

 

कोइरालाहरू लगातार भेटेको विषयमा नयाँ पत्रिकाले केही दिनअघि लिएको अन्तर्वार्तामा पनि प्रश्न सोधिएको थियो । जसमा उनको भनाइ थियो, ‘मेरो नेतृत्वलाई चुनौती दिन कोइरालाहरूको मिटिङ भएको होइन । ‘कोइरालाहरू एकले अर्कालाई मान्दैनन्’ भनेर बाहिर हल्ला चलेपछि, आक्षेप लागेपछि ‘हैन है, हामीहरू सँगसँगै छौँ’ भन्नका लागि कहिलेकाहीँ सँगै खाना खान जम्मा हुनुभएको हो ।

 

उहाँहरूले मेरो खिलाफ मोर्चाबन्दी गरेको म ठान्दिनँ । उहाँहरू मसँगै हुनुहुन्छ । पार्टीलाई अगाडि लैजाने सवालमा कोइरालाहरू मात्रै होइनन्, हिजो मलाई सहयोग नगरेका साथीहरू पनि अहिले मसँगै हुनुहुन्छ । अर्को समूहसँग उहाँहरूको मोहभंग भएको छ । पार्टीको ठूलो पंक्ति मसँगै छ ।’नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...