देशभर तरकारी र फलफूल नबेच्ने महास‌ंघको घोषणा



हाम्रो इकोनोमि

 

 

नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघले मंगलबारदेखि अनिश्चितकालका लागि देशभर फलफूल तथा तरकारीको आपूर्ति र बिक्री ठप्प पार्ने निर्णय गरेको छ ।

 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा सोमबार बिहान सरकारले अनुगमनको क्रममा पक्राउ गरेका ब्यापारीलाई रिहा गर्नुपर्ने माग राख्दै महासंघले मंगलबारदेखि देशभरका बजारमा फलफूलको आपूर्ति र बिक्री ठप्प पार्ने निर्णय गरेको हो ।

 

महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बिज्ञप्ती निकालेर किसानको तरकारीमा बील बिजक नभएको अभियोगमा महासंघका महासचिव भरतप्रसाद खतिवडालाई तत्काल रिहा गर्न माग गर्दै तरकारीको आपूर्ति र बिक्री ठप्प पार्ने घोषणा गरेका हुन् ।

 

‘किसानले बजारमा बिक्रीका लागि ल्याउने तरकारीको किसान स्वयमले बील जारी गर्ने अवस्था नेपालमा नभएको अवस्थामा किसानको तरकारी र बिक्री गर्ने ब्यापारीलाई नियन्त्रणमा लिन निन्दनिय काम छ’, बिज्ञप्तीमा उनले भनेका छन् ।

 

सोमबार बिहान कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा उद्योग, वाणिज्य र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले तरकारी बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा तरकारीको बील नभएको अभियोगमा एकजना ट्रक चालक र आन्दोलनमा उत्रेका व्यापारीलाई पक्राउ गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...