प्रदेश २ को मुख्यमन्त्रीको कार्यालय घेराउ



हाम्रो इकोनोमि

 

प्रदेश २ का सामाजिक परिचालकहरुले सोमबार मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् । गएको असारदेखि कामबाट निकालिएका समाजिक परिचालकहरुले कामबाट नहटाउन माग गर्दै दुई घण्टा मुख्यमन्त्री लालबाबु राउतको कार्यालय घेराउ गरेका हुन् ।

 

सरकारले पूर्ण सेवा सुविधा उपलब्ध गराई अहिलेलाई कार्यालय सहायकमा म्याद थप गरी निरन्तरता दिनुपर्ने र योग्यताको आधारमा एक पटक उमेर हद नलाग्ने गरी दरबन्दी सिर्जना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्नुपर्ने उनीहरुको माग छ । सामाजिक परिचालकले जनकपुरको पीडारीचोकबाट जुलुस प्रदर्शन गर्दै प्रदेश २ सरकारको कार्यालय अगाडि मुलगेटमै पुगेर २ घण्टा घेराउ गरेका थिए।

 

भिन्न नारा लेखिएको ब्यानर र प्लेकार्ड सहित समाजिक परिचालकहरु कार्यालय अगाडि नराबाजी र प्रदर्शन समेत गरेका छन् । गएको साउन २६ गते जनकपुरमा पत्रकार सम्मेलन गरी नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश २ ले आफ्नो मागप्रति प्रदेश सरकार र संघीय सरकार उदासिन रहेको भन्दै सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

 

गएको असारमा कामबाट निकालिएका प्रदेश २ का ८ सय ५४ जना समाजिक परिचालकहरु पुनर्बहालीको माग गर्दे  साउन २७ गतेदेखि जनकपुरमा सरकार विरुद्ध आन्दोनल गर्दै आएका छन् ।  लामो सयम थोरै तलब भत्तामा भए पनि नागरिकको सेवा गरेको तर सरकारले कामबाट हटाउँदा उमेर हद लगायतका विभिन्न कारण रोजगारी पाउन समस्या भएकाले माग सम्बोधन नभएसम्म आन्दोलन गरिरहने समाजिक परिचालक संघ प्रदेश २ का अध्यक्ष शिवशंकर मेहताले बताए ।

 

सडक संघर्षबाट आफूहरुको माग सम्बोधन नभए मुख्यमन्त्रीको कार्यालय अगाडि नै आफूहरु आमरण अनशन बस्ने समाजिक परिचालकहरुले चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...