कालीमाटी पुगेका मन्त्री यादवलाई व्यापारीले रोके, संघका अध्यक्ष पक्राउ



हाम्रो इकोनोमि

 

कालीमाटीका तरकारी व्यापारीले अनुगमन गर्न खटिएको टोलीको काममा अवरोध गरेको छ ।

 

व्यापारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीको कामकाजमा सोमबार कालीमाटी बजार अनुगमनका क्रममा अवरोध पुर्‍याएको हो । व्यापारीले बिनाजानकारी अनुगमनमा आएको भन्दै काममा अवरोध गरेका थिए ।

 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव कालीमाटी पुगी त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए । मन्त्री यादवले उपभोक्ताको हकअधिकार सुनिश्चित गर्न गएको अनुगमन टोलीलाई अवरोध गर्ने जोकोहीलाई पनि कारवाही गरिने बताए ।

 

 “व्यापारीले नियमपूर्वक व्यापार गरेको भए अनुगमन टोलीमाथि दुव्र्यवहार हुँदैनथ्यो,” उनले भने, “गतल तरिकाले व्यवसाय गरेकै कारण टोलीलाई गतल व्यवहार गरेका हुन । त्यसको छानबिन हुन्छ ।” मन्त्री यादवसँगै उद्योग, वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे बजार अनुगमन गर्न गएका थिए ।

 

अनुगमन टोली यसअघि धादिङ, चितवन, मकवानपुर लगायतका जिल्लामा पुगी किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबारे जानकारी लिएको थियो

 

। अनुगमनका क्रममा टोलीले सोमबार बिहान कालीमाटीबाट दुई तरकारी ढुवानी गरेको गाडी नियन्त्रणमा लिएको थियो । जानकारी लिने क्रममा अनुगमन टोलीमाथि दुव्र्यवहार भएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका स्वकीय सचिव रवि किरण यादवले जानकारी दिए ।

 कालीमाटी फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...