कालीमाटी पुगेका मन्त्री यादवलाई व्यापारीले रोके, संघका अध्यक्ष पक्राउ



हाम्रो इकोनोमि

 

कालीमाटीका तरकारी व्यापारीले अनुगमन गर्न खटिएको टोलीको काममा अवरोध गरेको छ ।

 

व्यापारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीको कामकाजमा सोमबार कालीमाटी बजार अनुगमनका क्रममा अवरोध पुर्‍याएको हो । व्यापारीले बिनाजानकारी अनुगमनमा आएको भन्दै काममा अवरोध गरेका थिए ।

 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव कालीमाटी पुगी त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए । मन्त्री यादवले उपभोक्ताको हकअधिकार सुनिश्चित गर्न गएको अनुगमन टोलीलाई अवरोध गर्ने जोकोहीलाई पनि कारवाही गरिने बताए ।

 

 “व्यापारीले नियमपूर्वक व्यापार गरेको भए अनुगमन टोलीमाथि दुव्र्यवहार हुँदैनथ्यो,” उनले भने, “गतल तरिकाले व्यवसाय गरेकै कारण टोलीलाई गतल व्यवहार गरेका हुन । त्यसको छानबिन हुन्छ ।” मन्त्री यादवसँगै उद्योग, वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे बजार अनुगमन गर्न गएका थिए ।

 

अनुगमन टोली यसअघि धादिङ, चितवन, मकवानपुर लगायतका जिल्लामा पुगी किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबारे जानकारी लिएको थियो

 

। अनुगमनका क्रममा टोलीले सोमबार बिहान कालीमाटीबाट दुई तरकारी ढुवानी गरेको गाडी नियन्त्रणमा लिएको थियो । जानकारी लिने क्रममा अनुगमन टोलीमाथि दुव्र्यवहार भएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका स्वकीय सचिव रवि किरण यादवले जानकारी दिए ।

 कालीमाटी फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...