सांसद अमरेश सिंहले प्रधानमन्त्रीलाई कर प्रसाद ओली भनेपछि



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले संसद बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर प्रसाद ओली भन्दै नाम काढेपछि बैठक हलमा हाँसो छायो ।

केन्द्र, प्रदेश र स्थानीय सरकारले जताततै करै कर उठाएर जनतालाई सास्ती दिएको भन्दै सरकारको आलोचना गर्न उत्रिएका अमरेश सिंहले प्रधानमन्त्रीको नामै फेरिएको प्रशंग जोडेका हुन् ।

 

‘सामाजिक संजालमा प्रधानमन्त्रीको नाम खड्गप्रसाद ओली है, कर प्रसाद ओली भन्दै व्यापक चर्चा भैरहेछ,’ अमरेशले प्रश्न गरे– ‘हामीले कर प्रसाद ओली भनुँ की खड्गप्रसाद ?’

 

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै विपक्षी दलका सांसदहरूले अत्याधिक कर उठाएको भन्दै सरकारको आलोचना गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...