ग्याँस पाइपलाइनको उदघाटन गर्न पूर्व जाँदै प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओली मोरङ र गृहजिल्ला झापामा आयोजित बिभिन्न कार्यक्रममा सहभागि हुन भोलि मंगलबार बिराटनगर जाने कार्यक्रम रहेको छ ।

 

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, प्रधानमन्त्री भोलि बिहान १०:४५ मा यति एयरलाइन्सबाट बिराटनगर खनउजे कार्यक्रम छ । बिराटनगर अवतरण गरेलगत्तै प्रधानमन्त्री ओलीले ग्याँस पाइपलाइनको उद्घाटन गर्नुहुनेछ ।

 

त्यसपछि प्रधानमन्त्री ओलीले प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई बीरेन्द्र सभागृहमा सम्वोधन गर्नुहुनेछ । कार्यकर्ता भेलालाई सम्वोधनपछि होटल ह्यारिसनमा बिभिन्न संस्था, पार्टीका नेता÷कार्यकर्ता र नागरिकहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 

बिराटनगरका औपचारिक र अनौपचारिक कार्यक्रम सकेपछि साँझ पाँच बजे प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली भोलि नेपाली सेनाको पूर्वपृतना मुख्यालय इटहरीमा बास बस्नु हुनेछ ।

 

पर्सी बुधबार प्रधानमन्त्री ओली गृहजिल्ला झापाका बिभिन्न कार्यक्रममा सहभागि हुनुहुनेछ । बुधबार बिहान पाँडाजुगीस्थित सशत्र प्रहरी बलको पाथीभरा गौणमा दिउँसोको खाना खाने कार्यक्रम राखिएको छ भने लखनपुरमा आर्युबेदिक औषधालयको शिलन्यास गर्नुहुनेछ ।

 

प्रधानमन्त्री ओलीले त्यसपछि गौरादह नगरपालिकामा आयोजना गरिने झापा पाँच नम्बर क्षेत्रीय कार्यकर्ता भेलालाई सम्वोधन गर्ने र अगुवा कार्यकर्ताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम राखिएको छ । गौरादह सामुदायिक भवनमा दिउँसो १ बजे कार्यक्रम हुनेछ ।

 

प्रधानमन्त्री ओली बुधबार अपरान्ह दिउँसो ३।३० बजे काठमाडौं फर्कने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...