ग्याँस पाइपलाइनको उदघाटन गर्न पूर्व जाँदै प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओली मोरङ र गृहजिल्ला झापामा आयोजित बिभिन्न कार्यक्रममा सहभागि हुन भोलि मंगलबार बिराटनगर जाने कार्यक्रम रहेको छ ।

 

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार, प्रधानमन्त्री भोलि बिहान १०:४५ मा यति एयरलाइन्सबाट बिराटनगर खनउजे कार्यक्रम छ । बिराटनगर अवतरण गरेलगत्तै प्रधानमन्त्री ओलीले ग्याँस पाइपलाइनको उद्घाटन गर्नुहुनेछ ।

 

त्यसपछि प्रधानमन्त्री ओलीले प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई बीरेन्द्र सभागृहमा सम्वोधन गर्नुहुनेछ । कार्यकर्ता भेलालाई सम्वोधनपछि होटल ह्यारिसनमा बिभिन्न संस्था, पार्टीका नेता÷कार्यकर्ता र नागरिकहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 

बिराटनगरका औपचारिक र अनौपचारिक कार्यक्रम सकेपछि साँझ पाँच बजे प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली भोलि नेपाली सेनाको पूर्वपृतना मुख्यालय इटहरीमा बास बस्नु हुनेछ ।

 

पर्सी बुधबार प्रधानमन्त्री ओली गृहजिल्ला झापाका बिभिन्न कार्यक्रममा सहभागि हुनुहुनेछ । बुधबार बिहान पाँडाजुगीस्थित सशत्र प्रहरी बलको पाथीभरा गौणमा दिउँसोको खाना खाने कार्यक्रम राखिएको छ भने लखनपुरमा आर्युबेदिक औषधालयको शिलन्यास गर्नुहुनेछ ।

 

प्रधानमन्त्री ओलीले त्यसपछि गौरादह नगरपालिकामा आयोजना गरिने झापा पाँच नम्बर क्षेत्रीय कार्यकर्ता भेलालाई सम्वोधन गर्ने र अगुवा कार्यकर्ताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम राखिएको छ । गौरादह सामुदायिक भवनमा दिउँसो १ बजे कार्यक्रम हुनेछ ।

 

प्रधानमन्त्री ओली बुधबार अपरान्ह दिउँसो ३।३० बजे काठमाडौं फर्कने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...