नेपाल ग्यासले ल्यायो विस्फोट नहुने कम्पोजिट सिलिण्डर, यस्तो छ यसको बिषेशता



 

नेपालको पहिलो ग्यास उद्योग ‘नेपाल ग्यास’ले कम्पोजिट सिलिण्डर बजारमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबबाट उद्योगले आइतबार होटल राडिसनमा सिलिण्डरका सार्वजनिक गरे ।

 

उद्योगले कम्पोजिट सिलिण्डर आगोले पनि विस्फोट गर्न नसक्ने जानकारी दिए । ‘नयाँ कम्पोजिट सिलिण्डरको प्रमुख विशेषता पुर्ण सुरक्षित र विस्फोट नहुने हो, यसलाई आगोले विष्फोट गर्न सक्देन पुर्ण सुरक्षित छ’ उद्योगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 

यस्तै कम्पनीका अनुसार सिलिण्डर पारदर्शी भएकाले उपभोक्ताले ग्यासको लेभल सजिलै जाँच्न सक्छन् ।कम्पनीका अनुसार अल्ट्राभ्वाइलेट किरणबाट सुरक्षित र इकोफ्रेण्डली मानिएको कम्पोजिट सिलिण्डर सबै मौसममा उपयुक्त छ । फाइबरले बनेकोले सिलिण्डर हलुको छ ।

 

कम्पनीले कम्पोजिट सिलिण्डर १४.२ किलो र ५ किलोमा ल्याएको छ।कम्पनीका अनुसार १४.२ किलो फाइबर सिलिण्डरको ग्यास वाहेक ९ हजार २ सय २५ रुपैयाँ र पाँच किलोको ६ हजार ९ सय ८५ रुपैयाँ पर्छ।यो सिलिण्डर मेरोकिराना डटकमबाट किन्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा