नेपाल ग्यासले ल्यायो विस्फोट नहुने कम्पोजिट सिलिण्डर, यस्तो छ यसको बिषेशता



हाम्रो इकोनोमि

 

नेपालको पहिलो ग्यास उद्योग ‘नेपाल ग्यास’ले कम्पोजिट सिलिण्डर बजारमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबबाट उद्योगले आइतबार होटल राडिसनमा सिलिण्डरका सार्वजनिक गरे ।

 

उद्योगले कम्पोजिट सिलिण्डर आगोले पनि विस्फोट गर्न नसक्ने जानकारी दिए । ‘नयाँ कम्पोजिट सिलिण्डरको प्रमुख विशेषता पुर्ण सुरक्षित र विस्फोट नहुने हो, यसलाई आगोले विष्फोट गर्न सक्देन पुर्ण सुरक्षित छ’ उद्योगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 

यस्तै कम्पनीका अनुसार सिलिण्डर पारदर्शी भएकाले उपभोक्ताले ग्यासको लेभल सजिलै जाँच्न सक्छन् ।कम्पनीका अनुसार अल्ट्राभ्वाइलेट किरणबाट सुरक्षित र इकोफ्रेण्डली मानिएको कम्पोजिट सिलिण्डर सबै मौसममा उपयुक्त छ । फाइबरले बनेकोले सिलिण्डर हलुको छ ।

 

कम्पनीले कम्पोजिट सिलिण्डर १४.२ किलो र ५ किलोमा ल्याएको छ।कम्पनीका अनुसार १४.२ किलो फाइबर सिलिण्डरको ग्यास वाहेक ९ हजार २ सय २५ रुपैयाँ र पाँच किलोको ६ हजार ९ सय ८५ रुपैयाँ पर्छ।यो सिलिण्डर मेरोकिराना डटकमबाट किन्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...