पूर्व राजदूत झाको छोरा–बुहारी विदेश हिंडेकै दिन हत्या, सुरक्षागार्ड तामाङ नियन्त्रणमा



हाम्रो इकोनोमि

 

फ्रान्सका लागि पूर्व राजदूत केशव झाको हत्याबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

काठमाडौंको थापाथलीस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका झाको घरमा रहेका उनका सुरक्षा गार्ड सानु तामाङलाई नियन्त्रणमा लिई प्रहरीले प्रारम्भिक सोधपुछ गरेको छ । प्रहरी अहिले पनि घटनास्थलमै छ ।

 

प्रहरीले झाकी श्रीमतीसँग पनि सोधपुछको तयारी गरिरहेको जनाएको छ ।
घरमा झासहित उनकी श्रीमती र एक सुरक्षागार्ड थिए । झाका छोरा बुहारी शनिबार मात्रै विदेशतिर गएको उनका छिमेकीहरुले जानकारी दिएका छन् ।

 

८० बर्षीय झाको टाउको र घाँटीमा गहिरो चोट लागेकोले प्रहरीले उनको मृत्युलाई हत्या बताएको हो । घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिएका छन् । उनले भने, ‘हामीले घटनाबारे सोधपुछ थालिसकेका । छिट्टै नै सत्य–तथ्य बाहिर ल्याउँछौं ।’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...