पूर्व राजदूत झाको छोरा–बुहारी विदेश हिंडेकै दिन हत्या, सुरक्षागार्ड तामाङ नियन्त्रणमा



 

फ्रान्सका लागि पूर्व राजदूत केशव झाको हत्याबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

काठमाडौंको थापाथलीस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका झाको घरमा रहेका उनका सुरक्षा गार्ड सानु तामाङलाई नियन्त्रणमा लिई प्रहरीले प्रारम्भिक सोधपुछ गरेको छ । प्रहरी अहिले पनि घटनास्थलमै छ ।

 

प्रहरीले झाकी श्रीमतीसँग पनि सोधपुछको तयारी गरिरहेको जनाएको छ ।
घरमा झासहित उनकी श्रीमती र एक सुरक्षागार्ड थिए । झाका छोरा बुहारी शनिबार मात्रै विदेशतिर गएको उनका छिमेकीहरुले जानकारी दिएका छन् ।

 

८० बर्षीय झाको टाउको र घाँटीमा गहिरो चोट लागेकोले प्रहरीले उनको मृत्युलाई हत्या बताएको हो । घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिएका छन् । उनले भने, ‘हामीले घटनाबारे सोधपुछ थालिसकेका । छिट्टै नै सत्य–तथ्य बाहिर ल्याउँछौं ।’

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा