नेकपाको मजदुर संगठन एकता अझै तीन महिना लाग्ने, किन भयो बिलम्ब ?



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय सङ्गठनको एकता चाँडै गर्न अन्तिम गृहकार्य भए पनि मजदुर सङ्गठनको एकता भने लम्बिने भएको छ ।

तत्कालीन नेकपा (एमाले) को नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र नेकपा (माओवादी केन्द्र) को अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) बीच एकता हुन अझै तीन महिना लाग्ने छ । नेकपाले सबै जनवर्गीय सङ्गठनको एकता भदौ ५ गतेभित्र गरिसक्ने गरी निर्देशन दिएको थियो ।

जिफन्टका १८ र अन्टुफको २५ साना सङ्गठनबीच एकता गर्नुपर्नेछ । एकता कानूनी प्रक्रियामार्फत गर्नुपर्ने भएकोले लम्बिने भएको जिफन्टका अध्यक्ष तथा मजदूर एकता कार्यदलका सदस्य विनोद श्रेष्ठले जानकारी दिए ।

 

अन्य भ्रातृसङ्गठनको एकताका लागि नाम, नेतृत्वमा विवाद भइरहेको बेला मजदूर सङ्गठनले भने आफ्ना मातहतका २२ घटक सङ्गठनको एकता गर्न छलफल चलाइरहेको छ । उनले साना सङ्गठन एकता गर्न दर्ता खारेज गर्दै पुनः दर्ता गदै एकता गर्ने बताए ।

 

सङ्गठन श्रम कार्यालय र श्रम विभागमा दर्ता भएकोले ती सङ्गठनलाई कानूनद्वारा खारेज गर्नुपर्ने र फेरी दर्ता गर्नुपर्ने भएकोले ती दुई मजदूर सङ्गठनको एकता प्रक्रिया लम्बिने देखिएको हो ।

“पार्टीका अन्य भ्रातृ सङ्गठन जस्तो विधान र राजनीतिक कुरा मिलाएर मात्र हामी बीचको एकता हुने होइन” कार्यदलका सदस्य श्रेष्ठले भने, ‘‘हामी कानूनअनुसार सरकारी कार्यालयमा दर्ता भएकाले सोही अनुसार एकता प्रक्रियामा जान्छौ ।’’

 

दुई मजदूर सङ्गठनको एकताका लागि श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरिएको छ । समितिले साना घटक सङ्गठन एकता गर्दै जिफन्ट र अन्टुफ बीच एकता गर्ने छ । जिफन्टका अध्यक्ष श्रेष्ठले जिफन्ट र अन्टुफकाबीच एकता गर्न साना घटक २२ बनाउने सहमति भएको उनले बताए ।

२२ साना घटक संगठनको पहिले एकता गर्ने कार्यदलको योजना छ । ती घटकको फरक÷फरक एकता उपसमिति गठन गरेर एकता गर्ने छन् । उपसमितिले दुई महिनाभित्र एकता गर्न प्रतिवेदन बुझाएपछि कार्यदलले ती घटकको एकता गर्ने छ । त्यसपछि मात्र जिफन्ट र अन्टुफबीच एकता हुनेछ ।

अहिले नेकपाका युवा, विद्यार्थी, महिला, उद्योग, खेलकूद जस्ता सङ्गठन एकताको अन्तिमचरणमा छन् । उनले अबको एकहप्ताभित्र साना सङ्गठन एकता गर्न समिति गठन गरिने जानकारी दिए ।मजदूर सङ्गठनको एकताको कार्यदलमा विष्णु रिमाल, जयपुरी घर्ती, विनोद श्रेष्ठ र गणेश रेग्मी छन् ।

 

कार्यदलका अर्का सदस्य रेग्मीले जिफन्ट र अन्टुफबीचको एकता छलफलमा नै प्रवेश नगरेको बताए । ‘‘अहिले हामी साना मजदूर सङ्गठनको एकतामा केन्द्रीत भएका छौं’’ भने, ‘‘ती साना मजदूर सङ्गठनको एकता भएपछि मात्र हामी जिफन्ट र अन्टुफबीच एकता गर्दछौ ।’’ एकताका लागि अझै तीन महिना लाग्ने भएकोले सङ्गठनको नाम के राख्ने र कसको नेतृत्व हुने समेत चर्चा गरिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...