विकासको रोमाञ्चक यात्रा विनाशमा गएर नटुङ्गियोस् : गगन थापा



हाम्रो इकोनोमि

प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै सांसद गगन थापाले सरकारलाई विकासको रोमाञ्चक यात्रा विनाशमा गएर नटुङ्गियोस् भन्ने सुझाब दिएका छन् ।  सांसद थापाले विकासको रोमाञ्चक यात्रा विनाशमा गएर नटुङ्गियोस् भन्दै भौतिक पूर्वाधार निर्माण गर्दा विशेष ख्याल गर्न आग्रह गरेका हुन् ।

 

थापाले भने ‘तराईमा गत बर्ष देखिएको बर्ष यस बर्ष भारतको केरलामा देखिएको छ, एकै ठाँउ बादल अडिने, धेरै दिन सम्म धेरै बर्षात हुने । यो एउटा सामन्य बिषय नभएर प्रकृतिको रुपमा रहन्छ भन्ने विशेषज्ञहरुले बताउने गरेका छन् ।  हाम्रो पहाडमा मात्र हैन समथर भूमिमा पनि यस्तै खालको बर्षात हुदै गएमा हाम्रो हालत के होला ?’

 

उनले सबै तहको सरकारहरुले विकाश भनेको पूर्वधार हो । पूर्वधार जसरी बनाए पनि हुन्छ भन्ने धारणा व्याप्त रहिराख्ने हो भने विकासको रोमाञ्चक यात्रा विनाशमा गएर टुङ्गिन बेर नलाग्ने भन्दै  भने  ‘ त्यसैले समयमा सचेत पनि बनौ र हाम्रो काम गर्ने तरिकालाई सच्याउ ।’

 

साथै सांसदहरुले देशव्यापी रुपमा स्थानीय तहले मनलाग्दी रुपमा कर वृद्धि गरेर जनताको ढाँड सेकेको भन्दै गुनासो गरेका छन् । उनिहरुले करको विषयमा देशव्यापी रुपमा विरोध र आलोचना भएको भन्दै तत्काल स्पष्ट निर्देशन दिन सरकारलाई आग्रह गरे ।

 

जनताले तिर्न नसक्ने, क्षेत्राधिकार नै नभएको विषयमा समेत कर लगाएर संघीय शासन प्रणाली नै धरापमा पार्न खोजिएकोमा उनिहरुले सदन र सरकारको ध्यानकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...