माइतीघरमा अर्धनग्न प्रदर्शन गर्नेहरु नेपाल विरोधी : रामनारायण बिडारी



हाम्रो इकोनोमि

 

 

नेकपा सांसद रामनारायण बिडारीले माइतीघरमा अर्धनग्न प्रर्दशन गर्नेहरु नेपाल र संविधान विरोधी भएका आरोप लगाएका छन्।

 

कानुनमन्त्री भानुभक्त ढकालले सोमबार राष्ट्रियसभाको बैठकमा छलफलका लागि पेश गरेको अपराध पिडित संरक्षण विधेयक २०७५ मा बोल्दै बिडारीले संसारभरमा भएका विकृतिहरु खोजीखोजी ल्याउने गरिएको बताए। माइतीघर र सडकमा संहिताको विरोध गर्नेहरु नेपाल विरोधी भएको आरोप लगाए।

 

ुहाम्रो समाज अहिले अस्तव्यस्त छ। संसारभरमा भएको विकृति जति खोजीखोजी माइतीघर मण्डलामा र सडकमा ल्याउने काम नेपाल विरोधीहरुले गरिरहेका छन्। नग्न तस्बिर मात्र हो र, मान्छे सिंगै नांगै सडकमा ल्याउने, युवालाई ल्याउने, युवतीलाई ल्याउनेु, बिडारीले थपे, ुयस्तो विकृति भइरहेको हाम्रो देशमा राम्रो राम्रो कुरा पनि भित्रिएछन्।

 

अपराध पिडितलाई संरक्षण गर्ने पनि कानुन आएछन्, यो मण्डलामा प्रदर्शन हुन्छ ? सडकमा प्रदर्शन हुन्छ ? गर्दैनन् तिनीहरु। तिनीहरु नेपालका विरोधी हुन्। तिनीहरु नेपालीका विरीधी हुन्। संविधानका विरोधी हुन्।

 

बिडारीले मौलिक हकमा समावेश गरिएको संहिताको विरोध भएको प्रति आलोचना गरे। राम्रा राम्रा काम नेपालमा पनि हुन लागेको उनले बताए । उनले लागु भएको संहिताको हटाउन कोसेढुंगा हुने बताए।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...