संघीय समाजवादी फोरम नेपालले भन्यो सीमामा छेकबार लगाए फेरि नाकाबन्दी गर्छौ



हाम्रो इकोनोमि

 

संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले नेपाल-भारत प्रवुद्ध समूहको प्रतिवेदनमा सीमामा तारबार गर्ने प्रस्ताव आएको भन्दै त्यसप्रति आपत्ती जनाएका छन् ।

नेपाल भारतबीच सदियौंदेखि रहदै आएको रोटी बेटीको सम्बन्धलाई असर पार्ने गरी प्रतिवेदन आउन लागेको भन्दै उनले आपत्ती जनाएका हुन् ।

नेपाल भारत मैत्री चिकित्सा शिविर कार्यक्रम अन्र्तगत वीरगञ्जमा सोमबार आयोजित निःशुल्क मधुमेह स्वास्थ्य परीक्षण शिविरको उद्घाटन गर्दै सांसद यादवले सदियौंदेखिको रोटी बेटीको सम्बन्ध विगार्ने षडयन्त्र भइरहेको बताए ।

‘भेषबहादुर थापाको नेतृत्वमा रहेको समूहले नेपाल भारतको सीमा क्षेत्रमा तारबार लगाउने र पासपोर्ट बनाएर आवतजावत गर्न दिनुपर्ने भन्ने प्रस्ताव गरेको कुरा आएको छ’ उनले भने ‘नेपाल भारतबीच सीतारामको समयदेखि रोटीबेटीको सम्बन्ध रहँदै आएको छ । अयोध्याबाट आज पनि जन्ती आउँछ । यसलाई बन्द गर्न खोजिएको छ । नेपाल भारतको सम्बन्ध बिगि्रयोस भन्ने चाहिएको छ, यो षडयन्त्रको पर्दाफास गर्नुपर्छ ।’

सीमाको रक्षा मधेसी जनताले नै गरिरहेको बताउँदै मधेसी जनतालाई नै आघात पार्ने काम गर्न नहुने उनको भनाइ छ । ‘अहिले पनि कतिपयको ससुराली, मामाघर उता छ, यताका छोरी चेली उता विवाह गरेर गएका छन् । यहाँ तारबार र पासपोर्ट लगाउँदा यो सबै बन्द हुन्छ’ सांसद यादवले भने ‘यो सम्बन्धलाई बन्द गर्न खोजिएको छ । यो कदापी हुन दिदैनौं ।’
उनले संसदमा आवाज उठाउने मात्रै नभएर आवश्यक परेको खण्डमा नाकाबन्दी समेत गर्न सक्ने चेतावनी दिए ।

कार्यक्रममा प्रदेश सभासद राजेश्वरप्रसाद साह तेली, वीरगञ्ज नागर प्रमुख विजय कुमार सरावगी लगायतले पछिल्लो समयमा मधुमेह महामारी जस्तै फैलिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

गान्धी ग्लोबल फेमिली नेपाल, नेपाल भारत मानव विकास एवं मैत्री संघ, नेपाल भारत मैत्री जन जागरण अभियानले वीरगञ्जको आशाराम हस्पिटलसँगको सहकार्यमा एकदिने शिविरको आयोजना गरेको हो ।

शिविरमा मधुमेह भएको नभएको पत्ता लगाउन रगत परीक्षण गर्नुको साथै मधुमेहको संक्रमण भेटिएका विरामीहरुलाई ६ महिना सम्मको औषधी निशुल्क वितरण गर्ने अस्पतालका निर्देशक डा. निभा दासले जानकारी दिइन् ।

भारत सरकारको सहयोगमा यसअघि देशका ११ जिल्लामा शिविर सञ्चालन गरेर ३० हजार जनाको स्वास्थ्य परीक्षण गर्नुको साथै १० हजार भन्दा बढी विरामीलाई ६ महिनाको औषधी निःशुल्क वितरण गरिसकिएको अयोजक संस्थाका अध्यक्ष सूर्य भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...