अनुगमनमा गएका थुनिएपछि मन्त्री र सिडिओ कालीमाटी तरकारी बजारमा



हाम्रो इकोनोमि

 

बिहान कालीमाटी तरकारी बजारमा अनुगमनका क्रममा उत्पन्न विवाद समाधान गर्न मन्त्री र काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहितको टोली अहिले तरकारी बजार पुगेको छ।

 

सरकारी अनुगमन टोली व्यापारीको नियन्त्रणमा

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव र काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसहितको टोली कालीमाटी तरकारी बजार गएको मन्त्रालयले जनाएको छ। सोमबार बिहान तरकारी बजार अनुगमनमा गएको सरकारी टोलीलाई व्यापारीहरूले नियन्त्रणमा लिएका थिए।
व्यापारीको नियन्त्रणमा रहेको सरकारी अनुगमन टोलीका सदस्यहरूलाई प्रहरीले उद्दार गरेको छ।

 

अनुगमन टोलीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र व्यापारी विमल ढुंगानालाई पक्राउ गरेको छ। पक्राउ परेका दुई व्यापारीलाई महानगरीय प्रहरी परिसर टेकु लगिएको छ।

 

अनुगमनमा उत्पन्न तनाव समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादव र प्रमुख जिल्ला अधिकारी आचार्य तरकारी बजार पुगेका हुन्।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...