१८ खेलाडी बेचेर १० बाख्रा खरिद,



हाम्रो इकोनोमि

 

आर्थिक स्थिति चौपट भएपछि मानिसले के गर्दैन । त्यसको उदाहरण बनेको छ टर्कीको एक फुटबल क्लव । गल्सपोर फुटबल क्लवले अतिरिक्त आम्दानी गर्नका लागि १८ जना खेलाडी बेचेर १० बाख्रा किनेको छ ।

बाख्राबाट क्लवको खर्च पनि उठ्ने छ भने बाँकी खेलाडीहरुको खर्च पनि सजिलै उठाउन सकिने क्लवले बताएको छ ।

क्लवका अध्यक्ष केनन बायूक्लेब्लेबका अनुसार क्लव फन्ड जुटाउन नसकेर छट्पटिएको छ । क्लवलाई सरकारले पनि कुनै मद्धत गरेन । कुनै पनि फुटबल लिगका खेल्नका लागि प्रायोजकसमेत नभेटिएपछि वाध्य भएर खेलाडी बेच्नु परेको  अध्यक्ष केननले बताए ।

खेलाडीको बोली लगाउँदा १८ हजार लिरा मिलेको छ । अर्थात् करिब दुई लाख ९० हजार रुपैयाँ ।

बाख्राको दूध बेचेर हरेक महिना ९६ हजार रुपैयाँ कमाइ हुने बताइएको छ ।

क्लवले ६ वर्षमा १४० बाख्रा किन्ने योजना समेत बनाएको छ । गल्सपोर टर्कीको सबैभन्दा पुरानो मध्ये एक क्लव मानिन्छ । यसको स्थापना सन् १९५४ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...