१८ खेलाडी बेचेर १० बाख्रा खरिद,



हाम्रो इकोनोमि

 

आर्थिक स्थिति चौपट भएपछि मानिसले के गर्दैन । त्यसको उदाहरण बनेको छ टर्कीको एक फुटबल क्लव । गल्सपोर फुटबल क्लवले अतिरिक्त आम्दानी गर्नका लागि १८ जना खेलाडी बेचेर १० बाख्रा किनेको छ ।

बाख्राबाट क्लवको खर्च पनि उठ्ने छ भने बाँकी खेलाडीहरुको खर्च पनि सजिलै उठाउन सकिने क्लवले बताएको छ ।

क्लवका अध्यक्ष केनन बायूक्लेब्लेबका अनुसार क्लव फन्ड जुटाउन नसकेर छट्पटिएको छ । क्लवलाई सरकारले पनि कुनै मद्धत गरेन । कुनै पनि फुटबल लिगका खेल्नका लागि प्रायोजकसमेत नभेटिएपछि वाध्य भएर खेलाडी बेच्नु परेको  अध्यक्ष केननले बताए ।

खेलाडीको बोली लगाउँदा १८ हजार लिरा मिलेको छ । अर्थात् करिब दुई लाख ९० हजार रुपैयाँ ।

बाख्राको दूध बेचेर हरेक महिना ९६ हजार रुपैयाँ कमाइ हुने बताइएको छ ।

क्लवले ६ वर्षमा १४० बाख्रा किन्ने योजना समेत बनाएको छ । गल्सपोर टर्कीको सबैभन्दा पुरानो मध्ये एक क्लव मानिन्छ । यसको स्थापना सन् १९५४ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...