ब्यापारी र बिचौलियाले सरकारी अनुगमन टोलीलाई कालीमाटीभित्रै थुने



हाम्रो इकोनोमि

 

कालीमाटी तरकारी बजार अनुगमनमा ब्यापारी तथा बिचौलियाहरुले अवरोध गरेका छन् । अनुगमनको बिरोधमा घेरा हालिएपछि सरकारी अनुगमन टोली नै लामो समय कालिमाटी बजारभित्रै थुनिएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागको अनुगमन टोलीलाई बिचौलियाको समूहले आतंकित पार्न खाजेको थियो ।

आफूहरु घेराबन्दीमा परेको र असुरक्षा भएको भन्दै टोलीले कृषि मन्त्री र प्रहरीलाई खबर गरेका थियो । त्यसपछि प्रहरी बाक्लो मात्रामा परिचालन भयो र टोलीले बजारबाट निस्कियो ।

अनुगमनको बिरोधमा ब्यापारीहरुले बादविवाद गर्न थालेपछि अनुगमन टोली कालिमाटी बजार विकास समितिको कार्यालयमा ढोका थुनेर बस्न बाध्य भएको अनुगमन टोलीका सदस्य माधव तिमल्सिनाले जानकारी दिए । उनले प्रहरीको थप टोली आएर बिचौलियाहरुलाई हटाएपछि टोली बाहिर निस्किएको जानकारी दिए ।

बिहान ३ बजे नै आनुगमनमा पुगेको टोलीले टोलीले बिलबिजक नभएका २ वटा ट्रक नियन्त्रणमा लिएको थियो । तरकारी उत्पादन हुने क्षेत्रमा अनुगमन गरेर फर्किएको टोलीले काठमाडौं आइपुग्दा त्यसको मूल्य तेब्बरभन्दा बढी भएको निश्कर्ष निकाले पछि अनुगमनको योजना बनाएको थियो ।

तर, तरकारी लिएर आउने ब्यापारीसँग बिलबिजक माग्दा टोली नै लखेटिनुपरेको छ । सरकारी अधिकारीले तरकारीमा बिचौलिया नियन्त्रणका लागि अनुगमन गर्दा असुरक्षा बेहोर्नुपरेको भन्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

अहिले कृषि विकासमन्त्री चक्रपाणि खनाल, सचिव युवकध्वयज जिसी, विभागका महानिर्देशक लगायतका उच्च सरकारी अधिकारीहरु तरकारी बजारमा पुगेका छन् । ब्यापारीहरुले बजारको गेट बन्द गरेर अनुगमनको बिरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...