‘रामकहानी’ ले चलायो सिग्नेचर क्याम्पियन



हाम्रो इकोनोमि

 

‘रामकहानी’ प्रचारका लागि निर्माण पक्षले विभिन्न उपाय अपनाई रहेको छ ।

राजधानीका विभिन्न रेष्टुरेन्टमा फिल्मकै नाममा वाइफाइको आइडी र पासवर्डको क्याम्पिएन पछि अब यसको निर्माण पक्षले सिग्नेचर क्याम्पिएन चलाएको छ ।

काठमाण्डौका विभिन्न स्थानमा पुगेर केही युवाहरुले यो क्याम्पिएन गरेका छन् ।

विशेषगरि, ‘रामकहानी’ को टिसर्ट लगाएर बसन्तपुर क्षेत्रमा पुगेका युवाहरुले त्यहाँ घुम्न आउने मानिसहरुलाई ‘रामकहानी’ लेख्न लगाए ।

यो सँगै हस्ताक्षर गर्नेहरुलाई फिल्मको बारेमा जानकारी पनि दिएका थिए ।

४ जनामध्ये जसले सर्वाधिक कसले धेरै फिल्मको टिसर्टमा सिग्नेचर संकलन गर्ने भन्ने प्रतिस्पर्धा नै चलेको थियो ।

यो आइडिया फिल्मकै प्रचार संयोजक दिपेन्द्र खतिवडाको हो ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको यो फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

कमेडी लभ स्टोरी फिल्म यही भदौ २२ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...