‘रामकहानी’ ले चलायो सिग्नेचर क्याम्पियन



हाम्रो इकोनोमि

 

‘रामकहानी’ प्रचारका लागि निर्माण पक्षले विभिन्न उपाय अपनाई रहेको छ ।

राजधानीका विभिन्न रेष्टुरेन्टमा फिल्मकै नाममा वाइफाइको आइडी र पासवर्डको क्याम्पिएन पछि अब यसको निर्माण पक्षले सिग्नेचर क्याम्पिएन चलाएको छ ।

काठमाण्डौका विभिन्न स्थानमा पुगेर केही युवाहरुले यो क्याम्पिएन गरेका छन् ।

विशेषगरि, ‘रामकहानी’ को टिसर्ट लगाएर बसन्तपुर क्षेत्रमा पुगेका युवाहरुले त्यहाँ घुम्न आउने मानिसहरुलाई ‘रामकहानी’ लेख्न लगाए ।

यो सँगै हस्ताक्षर गर्नेहरुलाई फिल्मको बारेमा जानकारी पनि दिएका थिए ।

४ जनामध्ये जसले सर्वाधिक कसले धेरै फिल्मको टिसर्टमा सिग्नेचर संकलन गर्ने भन्ने प्रतिस्पर्धा नै चलेको थियो ।

यो आइडिया फिल्मकै प्रचार संयोजक दिपेन्द्र खतिवडाको हो ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको यो फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

कमेडी लभ स्टोरी फिल्म यही भदौ २२ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...