चक्कु प्रहार गरी पूर्वराजदूत झाको आफ्नै घरमा हत्या



हाम्रो इकोनोमि

 

पूर्वराजदूत केशव झाको हत्या भएको छ । ८० वर्षीय झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए ।

फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झा काठमाडौँको बबरमहलस्थित आफ्नै निवासमा मृत्त अवस्थामा फेला परेका छन् ।

प्रहरी अहिले घटनास्थलमा छ । प्रहरीका अनुसार उनको टाउको र घाँटीमा चोट लागेको छ । किचनको चक्कु प्रहार गरी उनको हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

 

घरमा झा, उनकी श्रीमती र सुरक्षागार्ड सानु तामाङ मात्र थिए । छोरा बुहारी शनिबार मात्र आयरल्याण्ड गएका थिए भने छोरी पनि घरमा थिइनन् ।

 

प्रहरीले अहिले मृतककी श्रीमती र सुरक्षागार्डसँग सोधपुछ गरिरहेको छ । घटनाको अनुसन्धानका लागि चिकित्सक र तालिम प्राप्त कुकर बोलाउने तयारी छ ।

घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिए ।

परराष्ट्र सेवामा ३४ वर्ष विताएका झा फ्रान्सका लागि नेपालका पूर्व राजदूत हुन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...